गितकार पवन मधुश्रीको “रारा तालैमा” पर्यटन,प्रबर्द्धनका लागी निकै लोकप्रिय
गोविन्द्र राज तिमिल्सेना,बाजुराः समय परिवर्तशील छ।प्रविधिको युगले संसार चुमेको छ ।मनोरञ्जनमा मानिसहरु रमाएका छन्।गीत संगितको दुनियाँ फरक गतिले अघि बढेको छ। पछिल्लो समय नेपाली गित संगीतको मौलिकता हराउँदै गएको पाईन्छ ।
गित संगितको नाममा समाजमा विकृति,विसंगती फैलाउने प्रवृत्ति हावी भएको छ।कतिपय मौलिकता हिन अनेकथरी गितले सु(संस्कृत समाज निर्माणमा असर गर्दै आएका छन्।तर कतिपय यस्ता लोभलाग्दा गित पनि छन्। जसले सिङ्गो नेपालको धर्म,संस्कृति,भेषभुषा र पर्यटन,प्रबर्द्धनमा सहयोग गरेका छन्।
यस्तै लोभलाग्दो सिङ्गो नेपालकै पर्यटन,प्रबर्द्धनका लागी निकै नै सुहाउँदो गितको रुपमा लिन सकिन्छ ।कुशल प्रशासक,लेखक,साहित्यकार तथा गितकार पदम बहादुर माझी पवन मधुश्री को “रारा तालैमा” जुन गित पर्यटन,प्रबर्द्धनका लागी निकै सुहाउँदो र लोकप्रिय छ ।
भर्खरै सांगितिक बजारमा आएको उक्त समधुर गितको हरेक वाक्य सुन्दा छुट्टै आनन्द आउँने गर्दछ। गितमा नेपालको पर्यटन,प्रबर्द्धनको गाथा समेटिएको छ । कर्णाली तथा सुदूरपश्चिमका विभिन्न पर्यटकिय ठाउँका बिशेषता झल्काईएको छ । कला साहित्य र स्थानीय धार्मिक पर्यटन विषयको संगमका रुपमा रारा तालैमा नामक बोलको गितलाई लिन सकिन्छ।
गितमा नेपालकै सुन्दर ठुलो रारा ताल,त्यस वरपरको दृश्य,प्रकृतिको सुन्दर काखमा सजिएको बाजुराको सदरमुकाम मार्तडी वरपरको दृश्य,राकम छाल,रामारोशन,खप्तड पाटन,बैजनाथ धाम,अछाम, डोल्पा,हुम्ला,मुगु,कालिकोट,लगायतका थुप्रै सुन्दर ठाउँको दृश्य संग गित छायांकन गरिएको छ ।
प्रकृतिको सुन्दरता,पर्यटकीय क्षेत्रको प्रबर्द्धन संगै माया प्रेमलाई गितले झल्काएको छ । सुदूरकी चेली,कर्णालीको चेलो विच माया प्रेमको मधुरतालाई लगायत थुप्रै कुरालाई देखाईएको छ। गितकार पवन मधुश्रीको लय तथा शब्दमा रहेको “रारा तालैमा” नामक बोलको गितमा प्रमोद माझी र पम्फा कँडेलको आवाज रहेको छ।
दिनेश ठकुल्लाको निर्देशनमा रहेको गितमा दिनेश ठकुल्ला,झरना विश्वकर्मा,सन्देश रिमाल,देविका कार्की, लगायतले अभिनयको भुमिका निर्वाह गरेका छन्।विनोद बाजुरेलीले एरेञ्जर गरेको गितमा अमृत उपाध्यायले छायाकंन गरेका छन्। जल राप्ती म्युजिक प्रा।लि उत्पादक रहेको गित मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो।
उक्त गित गितकार पदम बहादुर माझीकै अफिसियल युउट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गितकार मधुश्रीका जुनी, माटो, लोक झ्याउरेमा आधारित “बेलखेत पुल” लगायतका गितहरु यस अघि नै सांगितिक बजारमा आईसकेका छन्।प्रशासनिक क्षेत्रमा अब्बल मानिएका मधुश्री हाल बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन ।
आफ्नो कामसंगै संगित तथा विभिन्न लेख रचना लेख्ने कामलाई मधुश्रीले निरन्तर दिदैँ आएका छन्।देशको आर्थिक, सामाजिक, राजनितिक, प्रशासनिक, लगायतका क्षेत्रमा गहिरो अध्ययन गर्ने मधश्रुी संगितमा पनि उत्तिकै तल्लिन छन्। उनका विभिन्न लेख रचनाहरु देशका चर्चित स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा प्रकाशन हुने गरेका छन्।
लामो समयदेखि पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा लेख लेख्दै आएका मधुश्री राजधानी दैनिकमा ‘स्थानीय प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा स्तम्भ लेख्ने व्यक्तिका रुपमा स्थापित छन्।
मधुश्रीका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् ।प्रशासक, लेखक, साहित्यकार,स्तम्भकारको रुपमा परिचित मधुश्रीले पछिल्लो समय गित संगितमा पनि आफ्नो छुट्टै छवि बनाएका छन्।

सामुदायिक रेडियो पौरखी आजबाट १४ औँ बर्षमा प्रवेश
गोविन्द्र राज तिमिल्सेना,बाजुराः बाजुराको सदरमुकाम मार्तडीबाट प्रशारण भइरहेको सामुदायिक रेडियो पौरखी ९०.४ मेगाहर्ज आजबाट १३ बर्ष पुरा गरी १४ औँ

“स्वर्ग धर्तीमै छ” भन्ने आभासको गन्तव्य ‘विरेखोला झरना’ प्रकृतिको अनुपम उपहार
गोविन्द्र राज तिमिल्सेना,श्रावण १,बाजुराः समय परिर्वतनशिल छ । समयको दौरानमा मानिसहरु पनि परिर्वतन छन् ।हरेक मानिस सामाजिक सञ्जालमा व्यस्त

बाजुरामा चैत्र १६ गतेबाट प्रथम “बडीमालिका कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव” हुँदै
गणेश बहादुर धामी,बाजुराः बाजुरामा चैत्र १६ गतेबाट “बडीमालिका,कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव” हुने भएको छ । चैत्र १६ गतेदेखी २५ गतेसम्म






.jpeg)



प्रतिकृया दिनुहोस