पर्यटकीय स्थल कालाजग्रामा शुभकामना आदानप्रदान संगै सरसफाई
बाजुरा: जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ७ गाेपीसेरामा रहेकाे कालाऋषि युवाक्लव द्वारा नयाँ वर्षकाे अवसरमा पर्यटकीय स्थल कालाजग्रामा नयाँ वर्षकाे शुभकामना आदानप्रदान गरिएको छ ।
क्लवकाे आयोजनामा साेमबार पर्यटकीय स्थल कालाजग्रामा शुभकामना आदानप्रदान संगै मन्दिर परिसर सरसफाई र बिग्रेकोकाे ठाउँमा बाटाे मर्मत गरिएको कालाऋषि युवा क्लवका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताउनुभयाे।
उनले भने,“नयाँ वर्षकाे अवसरमा क्लवद्वारा शुभकामना आदानप्रदान संगै मन्दिर परिस सरसफाई र बाटाे मर्मत गरिएको हाे”। कालीका माताकाे पावन भुमी कालाजग्रामा क्लवद्वारा हरेक बर्ष पदयात्रा संगै मन्दिर परिसर सरसफाई र बाटाे मर्मत गरिदै आएको तिमिल्सेनाले बताउनुभयाे।'
नयाँ बर्ष २०८२ सालकाे अवसर पारेर बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नं ७ मा पर्ने धार्मिक तथा पर्यटकीय स्थल कालाजग्राकाे क्लवद्वारा पदयात्रा गरि मन्दिर परिसरमा सरसफाइ र बिग्रेको ठाउँमा बाटाे मर्मत गरिएको क्लवका सदस्य शुभराज तिमिल्सेनाले बताए ।
उनले भने, “धार्मिक तथा पर्यटीय क्षेत्रकाे पर्यटन प्रबर्द्धन तथा यहाँको भाैगाेलिक विकटता,यहाँकाे प्राकृतिक सम्भावनाकाे प्रचार-प्रसार गर्न पदयात्रा सङ्गै शुभकामना सरसफाई गरिएको हाे”।कालाजग्राको सम्भावना,प्रचार-प्रसारकाे कमीका कारण यहाँको लुकीरहेकाे सम्भावनालाई सबैलै पर्यटन,प्रबर्द्धन गर्नमा सहयाेग गर्नुपर्ने तिमिल्सेनाले बताए ।
कालाजग्रा क्षेत्रकाे प्रचार प्रसार,यहाँको पर्यटकीय सम्भावना,यसकाे पर्यटन,प्रबर्द्धन गर्न युवा क्लब सधैभर लागि रहने क्लवका अध्यक्ष तिमिल्सेनाकाे भनाइ छ । हरेक बर्ष क्लवले यस्तै कार्य गर्दै आइरहेकाे र यस्ता कार्य निरन्तर चलिरहने उनकाे भनाइ छ । पर्यटकीय सम्भावना बाेकेका क्षेत्र र प्रचार-प्रसारकाे हिसावले पछाडी परिरहेकाे क्षेत्रकाे पर्यटन प्रबर्द्धन गर्न क्लव सधैभर कटिबद्ध भएर लाग्ने तिमिल्सेनाले बताए ।
कालाजग्रा बडीमालिका नगरपालिका ७ मा पर्ने एक पवित्र,धार्मित तथा पर्यटकीय स्थल हाे । जुन समुद्री सतहबाट ३२०० मिटरकाे उचाईमा रहेकाे अनुमान छ । दुई पहाडकाे थुम्काेकाे एकापट्टी कालाजग्रा सजिएकाे छ । जुन ठाउँमा पुगेर पुजा गर्दा कालीका माताले सबैकाे घरमा सुख शान्ती छाउने,मनले साेचेकाे ईच्छा,चाहना पूरा हुने,पापहरु नष्ट हुने धार्मिक विश्वास रहेकाे छ ।
जिल्ला सदरमुकाम मार्तडीबाट सजिलै सङ्ग त्यहाँ पुग्न सकिन्छ। ढम्कने गाउँ हुँदै कालाजग्राको यात्रा गर्न सकिन्छ । पाेरखेगढी काधबाट पनि त्यहा पुग्न सकिन्छ ।कहालिलाग्दो भिरकाे बाटाे हुदै यात्रामा वरपरकाे रमाइलो दृश्य नियाल्दै कालाजग्रामा पुग्न सकिन्छ। पछिल्लो समय कालाजग्रा आन्तरिक तथा बाह्य पर्यटककाे राेजाईमा पर्दै गएकाे छ ।

बाजुराको “बसिबियाँलो घर”अन्तर मनका भावना बिसाउने चौतारी बन्दै
गोविन्द्र राज तिमिल्सेना,असोज ७,बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”

बाजुराको “बसिबियाँलो घर”अन्तर मनका भावना बिसाउने चौतारी बन्दै
गोविन्द्र राज तिमिल्सेना,असोज ७,बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”

मार्तडी-कोल्टी सडकखण्डको दर्दनाक अवस्था,नेतृत्व फेरियो तर बाजुरा फेरिएन्
गोविन्द्र राज तिमिल्सेजा, असोज ५,बाजुराः बाजुराको मार्तडी-कोल्टी सडकखण्ड अबरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन्। असार देखि अबरुद्ध






.jpeg)



प्रतिकृया दिनुहोस