मार्तडी-कोल्टी सडकखण्डको दर्दनाक अवस्था,नेतृत्व फेरियो तर बाजुरा फेरिएन्

SITENAME

गोविन्द्र राज तिमिल्सेजा, असोज ५,बाजुराः बाजुराको मार्तडी-कोल्टी सडकखण्ड अबरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन्। असार देखि अबरुद्ध भएको उक्त सडकखण्ड असोजको पहिलो सातासम्म पनि खुलेको छैन् ।

 

नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभदिपावली नजिकिदै गर्दा अहिले घर आउँने मानिसको संख्यामा बृद्धि हुदै गएको छ । तर सडकखण्ड अबरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता रहेको छ । अवरुद्ध बनेको सडकखण्ड खुल्न नसक्दा अहिले सडकखण्डमा यात्रा गर्ने यात्रुहरुले निकै सास्ती खेप्नु पर्ने बाध्यता रहेको बडीमालिमा नगरपालिका ७ का स्थानीय गणेशराज तिमिल्सेनाले बताए ।

 

अहिले दशै तिहारमा घर आउँनेको भिड लागेको छ, तर सडकखण्ड अबरुद्ध हुँदा उनीहरुलाई यात्रा गर्न निकै कठिनाई हुने गरेको उनले बताए ।सडकखण्ड अबरुद्ध भएको ४ महिना पुगिसक्दा पनि सञ्चालनमा नआउँदा माथिल्लो क्षेत्रमा नागरिकले समस्या झेल्नु परेको तिमिल्सेनाको भनाइ छ। मार्तडी-कोल्टी सडकखण्डबाट माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तह,हिमाली,स्वामिकार्तिक,जगन्नाथ र बुढिनन्दा त्यस्तै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट गरि करिब १७ बढि जिल्लाका नागरिक आउजाउ गर्ने गर्छन्।सडकखण्ड अहिलेसम्म सञ्चालनमा नआउँदा यहाँका नागरिकलाई आवतजावतमा समस्या भएको हो ।

 

काम,तथा पढाईको शिलशिलामा देशका ठुला शहरबाट यतिवेला दशै तिहार मनाउँन घर आउँने नागरिकहरु बढिरहेका छन्। तर सडकखण्डको अबस्थामा निकै दर्दनाक छ। मार्तडी देखि कोल्टीसम्म पुग्न पनि ६ गाडी बदल्नु पर्ने अबस्थामा रहेको जगन्नाथ गाउँपालिका हुनीका स्थानीय सुरेन्द्र बिष्टले बताए ।

 

सडक खुल्न नसक्दा स्याउ कृषकलाई पनि स्याउ ढुवानीमा समस्या हुदै आएको छ । सडक नखुल्दा जिल्ला बाहिर निर्यात गर्न नसकिएको कृषकहरूको गुनासो छ। वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मर्मत कार्य नहुँदा किसानहरू बारीमै स्याउ कुहिने चिन्तामा छन्।यो वर्ष स्याउ राम्रो उत्पादन भएको भए पनि सडक बन्द हुँदा कुनै वर्ष जस्तै यस पटक पनि बारीमै कुहिने हुन् कि भन्ने चिन्ता थपिएको पाण्डुसैनकी स्याउ कृषक विउरा बोहराले बताईन्।सडक अबरुद्ध हुँदा पिठ्युँमा बोकेर बजारसम्म लिनु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

 

यता प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलका अनुसार दशै तिहार अगावै सडकखण्ड सञ्चालनमा ल्याउने गरि समन्वय भईरहेकाे बताए । बडीमालिका र बुढिनन्दा नगरपालिकाकाे सहकार्यमा सडक सञ्चालन गर्न पहल भईरहेकाे बताएका छन् ।

 

ठेकेदारको चरम लापरबाहीका कारण मार्तडी-कोल्टी सडकखण्ड समयमै कालोपत्रे हुन नसक्दा बर्षेनी अबरुद्ध हुने गरेको छ । जिल्ला सदरमुकाम मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । मार्तडी देखि खार चुथीसम्म ९ किलोमिटर त्यस्तै खारदेखि ढम्कनेसम्म ६ किलोमिटर सडकखण्डमा अलि काम भए तापनि अन्य ठाउँमा सडकखण्डको कार्य अस्तव्यस्त छ। अहिले सडकखण्डको जिल्ली,रजातोली लगायत ठाउँमा ठुला पहिरो छन् भने बाउली,रजातेली,दानासाघु खोलामा पुल बन्न सकेका छैनन्।

 

बाजुराको समस्याहरुलाई सिंहदरबारसम्म पुर्याउने मान्छेको कमीले गर्दा बाजुरा सधैं पिछडिएको,गरिबी,भोकमरी अशिक्षाकै जिल्लाको रुपमा रहिरहेको छ ।बाजुराका दुर-दराजका आवाज कसैले सुनेनन्,न सडक राम्रो बन्यो,नत शिक्षा,स्वास्थ्य,यातायात,सञ्चारमा अगाडी बढ्यो।सडकखण्ड मात्रै नभई हरेक पुर्वाधार विकासमा बाजुरा अझै पछाडी रहेको छ । हरेक समय नयाँ नेतृत्व फेरियो तर बाजुराबासीका दुख,पीडा कहिल्यै फेरिएनन्।

 

 

प्रतिकृया दिनुहोस
SITENAME

बाजुराको “बसिबियाँलो घर”अन्तर मनका भावना बिसाउने चौतारी बन्दै

    गोविन्द्र राज तिमिल्सेना,असोज ७,बाजुरा ः  जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”

SITENAME

बाजुराको “बसिबियाँलो घर”अन्तर मनका भावना बिसाउने चौतारी बन्दै

     गोविन्द्र राज तिमिल्सेना,असोज ७,बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”

SITENAME

गायक थापाको “पँहेली धानका बाला २” सांगीतिक बजारमा

गोविन्द्र राज तिमिल्सेना,असोज १,बाजुराः समय परिवर्तनशील छ। समय परिवर्तनको दौरानमा मानिसहरु पनि परिवर्तन छन्। अहिलेको डिजिटल युगमा हरेक व्यक्तिले