गायक थापाको “पँहेली धानका बाला २” सांगीतिक बजारमा
गोविन्द्र राज तिमिल्सेना,असोज १,बाजुराः समय परिवर्तनशील छ। समय परिवर्तनको दौरानमा मानिसहरु पनि परिवर्तन छन्। अहिलेको डिजिटल युगमा हरेक व्यक्तिले सामाजिक सञ्जाल मार्फत विभिन्न गित संगीतमा रिल,टिकटक बनाउने प्रवृति हावी हुदै गएको छ ।
यसै क्रममाः नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली पनि घरघरमा नजिकिदै छ । हरेक बर्षको दशै तिहार सुरु हुनु अगावै गाउँ(घर, मेलापात तिर रेडियोबाट यस्ता गित प्रशारण हुन्छन् जुन गित नसुनेर दशै तिहार लागेको अनुभूती नै हुदैन् ।
दशै तिहार सम्बन्धी कतिपय यस्ता गीत पनि छन् जसलाई नसुनी धेरैले चाडपर्व आएको महसुस नै गर्दैनन् ।जब यस्ता गितहरु गाउँघरमा गुञ्जिन थाल्छन् अनि मात्रै सबैलाई चाडपर्व आएको महसुस हुन्छ।दशै तिहारका गितले ‘फेस्टिभल मुड’ सिर्जना गर्न ठूलो भूमिका खेलेको हुन्छ ।
हरेक वर्ष दशैं तिहार अगावै गाउँघरमा केही गीत निकै गुञ्जिन थाल्छन् । जस मध्ये सबैले रुचाएको,सर्वाधिक चर्चामा आएको चर्चित बाजुरेली लोक तथा देउडा गायक प्रकाश थापाको “पहेली धानका बाला” । जब गाउँघरमा यो गित गुञ्जिन थाल्छ अनि मात्र सबैलाई अनुभूती हुन्छ,दशै तिहार सुरु भयो।
गायक थापाको यहि चर्चामा रहेको गितको “पँहेली धानका बाला २” पनि भिडियोसहित बुधबार साङ्गीतिक बजारमा आएको छ ।लामो समयको अन्तराल पछी “पँहेली धानका बाला ”२ भिडियोसहित बजारमा आएको हो । गायक थापाकै अफिसियल युउटुब च्यानलबाट उक्त गित सार्वजनिक गरिएको हो ।
जसमा गायक थापा र गायिका देवी घर्तीको समधुर श्वर रहेको छ भने गितमा गायक थापा,साहित्यकार तथा बरिस्ठ सर्जक राजेन्द्र शाह विपी र अमर विकको शब्द रहेको छ। गितको गायक थापा र अमर विकले सङ्गीत संयोजन गरेका छन् । चर्चित गायक तथा एरेञ्जर विनोद बाजुरेलीले एरेञ्जर गरेको गितको खडक बाजुरेलीले मिक्सिङको काम गरेका छन्।
सागर बाजुरेली र डम्मर विकले रेकर्ड गरेको गितको भोकल ईडिट राजेन्द्र बाजुरेलीले गरेका छन् ।गौरव गिरीको निर्देशनमा रहेको गितमा राजकुमार सिंह,सामिया कार्की लगायतले अभिनयको भुमिका खेलेका छन् ।मालश्री रेकर्डिङ स्टुडियोमा गित रेकर्ड गरिएको हो ।
गितमा “पँहेली धानका बाला” भाग १ जस्तैः दशै र तिहारमा टीका र माला लगाउन नपाएको परदेशी छोरा,चाडबाडमा घरमा दाजू नहुँदा दिदीबहिनीले आँसु झारेर बस्नुपर्ने बाध्यता,परदेशी छोराको पीडा लगायतका गाथाहरु समेटिएका छन्।परदेशी दाजुले गित मार्फत दशै तिहार आइसक्यो,अहिलेको दशै तिहारमा आउँन सकेन् अर्को साल आउँला नसुक्याई हजारी फुल लगायत भनिएको छ ।
अभागी परदेशी दशै तिहारमा गाउँघर नहुँदा घरमा दिदीबहिनी,आमाबुबा छोराछोरीलाई दुखित तुल्याएको हुन्छ। जसरी तिजको बेला गायिका बिष्णु माझीका गितलाई दर्शक श्रोताले पर्खेका हुन्छन् त्यसैगरी दशै तिहारमा गायक थापाको “पहेली धानका बाला” गितलाई दर्शक श्रोताहरुले पर्खेका हुन्छन्।
“पँहेली धानका बाला” भाग १ जस्तैः भाग २ ले पनि त्यत्तिकै दर्शक श्रोताको माया पाउँने आफूले विश्वास लिएको गायक प्रकाश थापाले बताए ।नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली विशेष गाथाहरु समेटेर गित तयार पारिएको गायक थापाले बताएका छन्।
साथै उनले आम दर्शक श्रोता,शुभेच्छुक र शुभचिन्तक सम्पुर्णमा दशै तिहार विशेष नयाँ गित “पँहेली धानका बाला २”हेरेर सुनेर सुझाव,सल्लाह प्रतिक्रिया दिन पनि आग्रह गरेका छन्।भगवानको कृपा म माथि रहिरहे आफ्नो साङ्गितिक जीवन थप उर्वर बन्नेमा कुरामा विस्वस्त रहेको उनको भनाइ छ।सम्पुर्ण दर्शक श्रोताको माझ गित राख्दै सम्पुर्णमा बिजया दशमी तथा शुभदिपावलीको हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गरेका छन् ।
गायक थापाको कोकलकण्ठि श्वरमा सजिएको दशै तिहार सम्बन्धी यो मार्मिक गितले सम्पुर्ण परदेशी दाजुभाहरु,घरदेशी आमाबुबा,दिदीबहिनीहरुको मन दुखित तुल्याउने भएको छ। आज भन्दा करिब बाह्र तेह्र बर्ष पहिले “पँहेली धानका बाला ” १ साङ्गितिक बजारमा आएको थियो पुनः भाग २ साङ्गीतिक बजारमा आएको हो ।
“पँहेली धानका बाला ” १ मा गितको देबेन्द्र हुरहुरले छायाकंन गरेका थिए भने यादव भट्टराईले निर्देशन गरेका थिए । सुदीप थापाको सम्पादन रहेको थियो भने सुरेश आर्चाय सम्पादन सहयोगी रहेका थिए । गितको उत्पादक तथा बितरक संगीत सौगात म्युजिक सेन्टर रहेको थियो ।

बाजुराको “बसिबियाँलो घर”अन्तर मनका भावना बिसाउने चौतारी बन्दै
गोविन्द्र राज तिमिल्सेना,असोज ७,बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”

बाजुराको “बसिबियाँलो घर”अन्तर मनका भावना बिसाउने चौतारी बन्दै
गोविन्द्र राज तिमिल्सेना,असोज ७,बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”

मार्तडी-कोल्टी सडकखण्डको दर्दनाक अवस्था,नेतृत्व फेरियो तर बाजुरा फेरिएन्
गोविन्द्र राज तिमिल्सेजा, असोज ५,बाजुराः बाजुराको मार्तडी-कोल्टी सडकखण्ड अबरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन्। असार देखि अबरुद्ध






.jpeg)



प्रतिकृया दिनुहोस