घरमा बा-आमा बुहारी चाहियो भन्छन् ( मुक्तक)
मुक्तककर- गाेबिन्द्र राज तिमिल्सेना ( कुशुम कान्छाे) का ४ राेचक मुक्तक

१ :
सबै हलुङ्गो नभई भारी चाहियो भन्छन्
घरमा बा-आमा बुहारी चाहियो भन्छन्
आँखिर कसको भनेको मान्नु मैले यहाँ,
कोहि वारी कोहि पारी चाहियो भन्छन्।।
२:
सजिलाे छैन् कयौं नदिनाला तरेर आउँनु पर्छ
आफ्नो हाेईन् अरुकै निम्ति गरेर आउँनु पर्छ
कमाउनकै लागी घर-परिवार आफन्त छाेडी,
त्यहि परदेशमै गई बाकसमा मरेर आउँनु पर्छ।।
३:
आँखिर तिम्रो जित मेरो हारले भएको हो
हाम्रो देशमा नराम्रो भ्रष्टाचारले भएको हो
आफ्नै मान्छेको छातीमा छुरा हान्ने काम,
यहाँ सञ्जन बाट नभई गद्दारले भएको हो।।
४:
बेलाबेला आफ्नाे रुप बदल्न थाले पछि
जाेडजाेडले हुरि-बतास चल्न थाले पछि
पराई मान्छेकाे कुरा गरेर साध्य छैन् यहाँ,
आफन्तहरुले नै आँखा छल्न थाले पछि ।।
~: मुक्तककार: गाेबिन्द्र राज तिमिल्सेना ( कुशुम कान्छाे)
बडीमालिका नगरपालिका ७,रजाताेली, बाजुरा।।

गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सदरमुकाम मार्तडी स्थित मालिका नमुना माध्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्यायले देशको गुणस्तरीय शिक्षा

साइनो कविताको वार्षिकोत्सव सम्पन्न
काठमाडौंः साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गरेको छ । डा.सीता सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि

उमेश विश्वकर्मा “सागरका” केही रचना
बाजुराः गजल मुक्तकमा आफ्नो लेखनलाई छुट्टै पहिचान बनाइसक्नु भएका कालिकोटमा जन्मीएका उमेश विश्वकर्मा “सागर” जो धेरै लामो समय देखि भारतको






.jpeg)



प्रतिकृया दिनुहोस