उमेश विश्वकर्मा “सागरका” केही रचना
बाजुराः गजल मुक्तकमा आफ्नो लेखनलाई छुट्टै पहिचान बनाइसक्नु भएका कालिकोटमा जन्मीएका उमेश विश्वकर्मा “सागर” जो धेरै लामो समय देखि भारतको बेङलोरमा हुनुहुन्छ ।।सामाजिक संञ्जालबाट पनि राम्रो लेख्न सकिन्छ भन्ने एक उदाहरण हुन सागर।।कक्षा १२ पास गरेका उमेश गित संगित कथा कविता गजल मुक्तक लेख्ने गर्छन् थुप्रै संघसंस्थामा पनि आबद्ध छन् साहित्यिक यात्रामा आउँदा धेरै तिता मिठा स्वाद चाखिसकेका छन् । उनले अब बजारमा नयाँ कृति पनि ल्याउने कोसिसमा छन जसको नाम “सागर” गजल संग्रह रहेको छ ।
मुक्तक १ः
तिमीले दिएको चोट अझै ठिक भएको छैन ।
सहन सक्छ, मनले पीडा अधिक भएको छैन ।
केवल आँट मात्र उम्लिदो हो सायद मेरो पनि ,
भनौं आफूसंग आफ्नै मुटु नजिक भएको छैन।
मुक्तक २ः
जोगी बन या त खरानी घस केही भन्दिनँ
पराईको सम्झेर छुरा धस केही भन्दिनँ
मलाई रुवाउन सम्म रुवाएकि हौ धोकेबाज
अब व्रत बस या त मन्दिर पस केही भन्दिनँ ।।
मुक्तक ३ः
भएपनि हुन्छ आठ कक्षा फेल नेता बन्नलाई
चलन छ मेरो देशमा अचेल नेता बन्नलाई
भ्रष्टाचार गरेर होस् या हत्याहिंसा गरेर होस्
मात्र हुनुपर्छ दुइचार बर्ष जेल नेता बन्नलाई ।।
मुक्तक ४ः
खुसीको लागि दुस्खमा जिएको पत्तो भएन
यसरी पनि समयले मोड लिएको पत्तो भएन
केही बर्ष कमाएर घर फर्किन्छु भन्दा भन्दै
जिन्दगी मेरो परदेशमै सकिएको पत्तो भएन ।।
मुक्तक ५ः
छुनु पर्दैन मेरो शिर पाउ टाढा हुँदा हुन्छ
बढ्छ झन् दिलमा घाउ टाढा हुँदा हुन्छ
पराईलाई तन मन दियौ पराईकी नै बन
अब दया माया नदेखाउ टाढा हुँदा हुन्छ ।।
गजल १ः
यो बस्तीमा तनाव आउन छोडेको छैन
बाढीले बस्तीहरू बगाउन छोडेको छैन
देशमै रोजगार दिन्छु भन्ने यो सरकारले
युवालाई खाडी पठाउन छोडेको छैन
मलाई छोडेर जानेको यादहरूले पनि
अझै पनि मलाई रूवाउन छोडेको छैन
धारिला औजारको घाउ भए ठिक हुन्थ्यो
वचनको घाउले मन दुखाउन छोडेको छैन
जिन्दगीलाई यहीँ सोचेर चित्त बुझाउछु
घाम अस्ताए पनि उदाउन छोडेको छैन
गजल २ः
केही सपनाहरू केही दुस्खहरू बोकेर आयो,
एक जवान परदेश अभावले लखेटेर आयो
तिमी मेरो दिल सम्म पनि पुग्न सकिनौ
हेर त यहाँ मान्छे चन्द्रमामा पुगेर आयो
आन्दोलनमा मर्नेहरुको नाम पनि आएन,
आन्दोलन गराउने चाहिँ नेता बनेर आयो
म सम्म पुगेछ मेरो गाउँ हुदै आएको बतास
सोचेँ बस्तिले वायु मार्फत सम्झेर आयो
जिउँदा भगवान आश्रममा पठायो उस्ले
के आशले मन्दिरमा पत्थर पुजेर आयो ।।
कार्यक्रम गजल मञ्जरीमा सागर जोडिदै ….

लेखकः उमेश बिश्वकर्मा सागर
नरहरिनाथ गा.पा २ कालिकोट

गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सदरमुकाम मार्तडी स्थित मालिका नमुना माध्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्यायले देशको गुणस्तरीय शिक्षा

साइनो कविताको वार्षिकोत्सव सम्पन्न
काठमाडौंः साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गरेको छ । डा.सीता सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि

बुधबार कार्यक्रम “गजल मञ्जरीमा” साहित्यकार बुढा
बाजुरा- रेडियो पौरखी ९०.४ मेगाहर्ज मार्तडी बाजुराबाट प्रत्येक हप्ताको बुधबार राति ९-१०-१०-०० बजेसम्म प्रशारित हुने कार्यक्रम रात्रिकालिन “गजल






.jpeg)



प्रतिकृया दिनुहोस