बुधबार कार्यक्रम “गजल मञ्जरीमा” साहित्यकार बुढा
बाजुरा- रेडियो पौरखी ९०.४ मेगाहर्ज मार्तडी बाजुराबाट प्रत्येक हप्ताको बुधबार राति ९-१०-१०-०० बजेसम्म प्रशारित हुने कार्यक्रम रात्रिकालिन “गजल मञ्जरीमा ”वैशाख १७ गते बुधबार साहित्यकार हरिकृष्ण बुढा जोडिने भएका छन्।
जुम्ला घर भएका साहित्यकार बुढा कार्यक्रम गजल मञ्जरीमा आफ्ना रचनाहरु सुन्न अनि सुनाउँन तथा साहित्यिक कुराकानी गर्न कार्यक्रममा जोडिने भएका हुन्। कनका सुन्दरी गाउँपालिका ३ जुम्ला घर भएका बुढा पेशाले दन्त स्वास्थ्यकर्मी हुनुहुन्छ।
२०५६ माघ १० गते जन्मेका उनी हाल रामारोशन डेन्टल जुम्लामा कार्यरत हुनुहुन्छ । विभिन्न साहित्यिक संस्था तथा समूहमा आबद्ध रहेका उनको रुचि स्मुक्तक, गीत सङ्गीत, गजल, नयाँ नयाँ ठाउँको भ्रमण गर्नु उनको विशेष रुची हो।
उहाँका केही रचना…
मुक्तक १
अझै तिम्रो चुरीफुरी कति सम्म चल्छ
भनिदेउन ए निस्ठुरी कति सम्म चल्छ
विचार गर है हर समय उस्तै रहदैन नि,
त्यो यौवनको हावाहुरी कति सम्म चल्छ ।।
मुक्तक २
म झैँ सराब पिउनेहरु कति होलान् कति
फाटेको मन सिउनेहरु कति होलान् कति
कहाँ सबै खुसी छन् र रङ्गीन दुनियाँमा,
पलपल मर्दै जिउनेहरू कति होलान् कति।।
मुक्तक ३
अक्सर चिल्लो बोल्ने विश्वास घाती हुन्छन्
लाग्छ बरू रूखो बोल्ने अल्ली जाति हुन्छन्
जो कमजोर छ उसैलाई नि पीडा अधिक दिने,
यस्तो लाग्छ ईश्वर पनि त पक्षपाती हुन्छन् ।।
मुक्तक ४
उनको जित मेरो हार भो दिलको मामिलामा
उतारचढाव बारम्बार भो दिलको मामिलामा
यो लेखान्तमै रहेनछ उनको मेरो मिलन हुने,
कोसिस बने लगातार भो दिलको मामिलामा ।।
मुक्तक ५
अबिर लगाउँछौ कति अनि खादा भिर्छौ कति
सिन्को नभाच्ने मन्त्रीले मन्त्रालय छिर्छौ कति
आदर्शका भाषण गर्न छोडि काम गरेर देखाऊ,
पटक पटक जनताको नजरबाट गिर्छौ कति ।।
मुक्तक ६
कोहिका कुरा केही नसुनि तिम्रै बन्नेछु
साथ दिने त म छदै छु नि तिम्रै बन्नेछु
बाँच्दा सम्म सुख दुःख संगसगै साटौला,
यदि मरे भने म अर्को जुनी तिम्रै बन्नेछु ।।
हरिकृष्ण बुढा क्षेत्री
जुम्ला

गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सदरमुकाम मार्तडी स्थित मालिका नमुना माध्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्यायले देशको गुणस्तरीय शिक्षा

साइनो कविताको वार्षिकोत्सव सम्पन्न
काठमाडौंः साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गरेको छ । डा.सीता सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि

उमेश विश्वकर्मा “सागरका” केही रचना
बाजुराः गजल मुक्तकमा आफ्नो लेखनलाई छुट्टै पहिचान बनाइसक्नु भएका कालिकोटमा जन्मीएका उमेश विश्वकर्मा “सागर” जो धेरै लामो समय देखि भारतको






.jpeg)



प्रतिकृया दिनुहोस