गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सदरमुकाम मार्तडी स्थित मालिका नमुना माध्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्यायले देशको गुणस्तरीय शिक्षा निर्माणमा सामुदायिक विद्यालयहरुको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन्।उनले देशमा गुणस्तरीय शिक्षाको मुख्य आधार सामुदायिक विद्यालय रहेको उल्लेख गरे।
खप्तड मालिका न्युजसंग कुराकानी गर्दै प्राचार्य पाध्यायले, आजको युगमा पनि सामुदायिक विद्यालयहरुले देशको शैक्षिक गुणस्तर सुधारमा मुख्य मेरुदण्डको रुपमा काम गरेको बताए।सामुदायिक विद्यालयहरुले आर्थिक रुपमा सहज,पहुँचयोग्य,र सबै वर्गका विद्यार्थीहरुलाई समान अवसर प्रदान गर्ने गरेको कुरामा जोड दिए।
विपन्न तथा मध्यम वर्गका परिवारका लागी सामुदायिक विद्यालय उनीहरुका बालबालिकाको उज्ज्वल भविष्य निर्माणको भरपर्दो आधार बनेको बताउँदै प्राचार्य पाध्यायले पछिल्लो नेपालको विद्यमान परिस्थितिमा पनि सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको मोह नघटेको प्रष्ट पारेका हुन्।
‘सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नै उत्कृष्ट नतिजाका साथ सफलता हासिल गर्ने गरेका छन्,’प्रचार्य पाध्याले भने,‘देशका हरेक तह९तप्कामा सामुदायिक विद्यालयमै अध्ययनरत विद्यार्थीहरु देख्न सकिन्छ।अझै सामुदायिक विद्यालहरुले शिक्षाको गुणस्तरमा बढवा दिन सकेको खण्डमा सबैको नजर सामुदायिक विद्यालय प्रति नै हुने छ। ’
पाध्यायले सामुदायिक विद्यालयको सुदृढीकरण विना राष्ट्रिय शिक्षा प्रणाली मजबुत हुन नसक्ने धारणा राखेका हुन्।उनका अनुसार,सामुदायिक विद्यालयमा दक्ष शिक्षक,समयमै पाठ्यपुस्तकको उपलब्धता,र आधुनिक शिक्षण पद्धति लागू गर्न सके विद्यार्थीको सिकाई उपलब्धि उल्लेखनीय सुधार हुने र अझै विद्यालय प्रती विद्यार्थीको मोह बढ्ने उल्लेख गरे।
विकशित ठाउँमा गुणस्तरीय शिक्षा क्षेत्रको वलियो खम्बा सामुदायिक विद्यालय भए पनि ग्रामिण क्षेत्रमा भौतिक पूर्वाधारको कमी,प्रविधिको कम पहुँच,सडक,यातायातको असुविधा,दक्ष जनशक्ति अभाव जस्ता समस्याहरुले अझै शैक्षिक गुणस्तर सुधार हुन नसकेको बताए। दुर्गम क्षेत्रमा सामुदायिक विद्यालयका पीडा कहालिलाग्दा रहेकोले सुधारका प्रयासहरु गरिनुपर्ने बताएका हुन्।
‘सरकारी लगानी बढाउँदै सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार्न जरुरी छ।अभिभावक,शिक्षक,र स्थानीयतहसंगको आवश्यक समन्वय सहकार्यले विद्यालयलाई प्रतिस्पर्धी बनाउन सकिन्छ।सामुदायिक विद्यालयको शिक्षा सुधारमा नीति,निर्माण तहले समेत ध्यान दिन जरुरी छ।’उनले भने।
साथै उनले मालिका माविमा पछिल्लो समय विद्यार्थी र अभिभावकको मोह बढ्दै गएकोमा खुसी व्यक्त गर्दै विद्यालयले अझै गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्दै लैजाने विश्वास दिलाए।उनले थप्दै भने,‘नेपाली र अंग्रेजी दुबै माध्यममा अध्ययन,अध्यापन हुन्छ।जिल्लाका ९ वटै स्थानीय तहका विद्यार्थी विद्यालयमा अध्ययन गर्न आउँछन्, सेक्सन छुट्टाएर अध्यापन गर्ने गर्छौँ।विद्यार्थीको चाप भने थेगि नसक्नु हुन्छ।’

साइनो कविताको वार्षिकोत्सव सम्पन्न
काठमाडौंः साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गरेको छ । डा.सीता सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि

उमेश विश्वकर्मा “सागरका” केही रचना
बाजुराः गजल मुक्तकमा आफ्नो लेखनलाई छुट्टै पहिचान बनाइसक्नु भएका कालिकोटमा जन्मीएका उमेश विश्वकर्मा “सागर” जो धेरै लामो समय देखि भारतको

बुधबार कार्यक्रम “गजल मञ्जरीमा” साहित्यकार बुढा
बाजुरा- रेडियो पौरखी ९०.४ मेगाहर्ज मार्तडी बाजुराबाट प्रत्येक हप्ताको बुधबार राति ९-१०-१०-०० बजेसम्म प्रशारित हुने कार्यक्रम रात्रिकालिन “गजल






.jpeg)



प्रतिकृया दिनुहोस