बुधबार कार्यक्रम गजल मञ्जरीमा साहित्यकार विनु
बाजुराः सुन्दर सल्यान घर भएकी साहित्यकार बिनु बुढाथोकी चैत्र २७ गते बुधबार जिल्लाको सदरमुकाम मार्तडीमा बिगत १३ बर्षदेखि सञ्चालनमा रहेको रेडियो पौरखी ९०.४ मेगाहर्ज बाट प्रशारित हुने रात्रिकालिन कार्यक्रम गजल मञ्जरीमा जोडिने भएकी छन् ।
आफ्ना मुक्तक गजल,लगायत अन्य रचनाहरु सुन्न अनि सुनाउनका साथै साहित्यिक कुराकानी गर्न साहित्यकार बिनु बुढाथोकी कार्यक्रम गजल मञ्जरीमा जोडिने भएकी छन् । सुन्दर सल्यान घर भएका बुढाथोकी एक अब्बल साहित्यकार हुन् । उनको बिनुको धड्कन मुक्तक संग्रह बजारमा छ । उनको मुक्तक संग्रह २०८१ मंसिर १५ मा बजारमा आएको थियो ।
उहाँका केही रचनाहरु
मुक्तक
१ः
घटाउने छु बोझको भारी चिन्ता नलिनु है
स्थायीरूपमा बसाइँ सारी चिन्ता नलिनु है
मेरो परिवार गाउँ समाज कसैले पनि अब
जिउनु जीवन खुसी पारी चिन्ता नलिनु है ।
२ः
मिल्छ आफै तरल ठोस अरू चाहिँदैन
दुस्ख पर्दा साथ नछुटोस अरू चाहिँदैन
जिन्दगीमा जोडिने प्रिय् जीवन साथीको
बोली बचन सधैं मीठो होस अरू चाहिँदैन ।
३ः
पिजडा भित्र एक्लै बस्ने रहर कसैलाई हुँदैन यहाँ
जोगी बनेर खरानी घस्ने रहर कसैलाई हुँदैन यहाँ
जसले पनि रङ्गीण जीवन जिउन चाहेका हुन्छन्
चाहेर त दु:खमा फस्ने रहन कसैलाई हुँदैन यहाँ ।
४ः
ठिकै भयो भनेर खास उड्ने बेला आउनु
हटाएर मनको उदास उड्ने बेला आउनु
मेरो शोकमा रमाउन चाहाने मान्छे तिमी
अब जलेर खरानी लास उड्ने बेला आउनुु ।
५
बताउनेछु सबै कुरा भेटेपछि तिमीलाई
सुनाउन बाँकी अधुरा भेटेपछि तिमीलाई
जिन्दगीका तितामीठा सबै मनका कथा
पलटाएर पाना पुरा भेटेपछि तिमीलाई।
६ः
आँखाको कसिंगर भुइँको धुलो नसम्झ नारी
तिमी हरक्षण घर आँगनको चुलो नसम्झ नारी
हरेक काम गर्न सक्छौँ सहि अवसर पायौँ भने
त्यति साँगुरो सोच लिएर सानु तुलो नसम्झ नारी ।
लेखकः बिनु बुढाथोकी
सुन्दर सल्यान


गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सदरमुकाम मार्तडी स्थित मालिका नमुना माध्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्यायले देशको गुणस्तरीय शिक्षा

साइनो कविताको वार्षिकोत्सव सम्पन्न
काठमाडौंः साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गरेको छ । डा.सीता सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि

उमेश विश्वकर्मा “सागरका” केही रचना
बाजुराः गजल मुक्तकमा आफ्नो लेखनलाई छुट्टै पहिचान बनाइसक्नु भएका कालिकोटमा जन्मीएका उमेश विश्वकर्मा “सागर” जो धेरै लामो समय देखि भारतको






.jpeg)



प्रतिकृया दिनुहोस