साइनो कविताको वार्षिकोत्सव सम्पन्न 

SITENAME

काठमाडौंः साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गरेको छ । डा.सीता सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.रमेशप्रसाद भट्टराई रहनु भएको थियो। 

 

प्रमुख अतिथि भट्टराईले वरिष्ठ साहित्यकार मोहन दुवाल, युवाकवि प्रकाश समीर तथा कवि कमला भण्डारी ढकाललाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै साइनो कवितामा रहेको मौलिक नेपालीपनको प्रशंसा गर्नु भएको थियो । 

 

केएमसि स्कुलको सभाहलमा भएको उक्त कार्यक्रममा भट्टराईले कविता विधा सङ्कटमा परेको बेला आएको लघुकविता साइनोले व्यञ्जना शब्दशक्तिको सहयोग लिएर पाठकलाई साहित्यिक स्वाद दिन सक्नुपर्ने सुझाव दिनुभयो  । सम्मानित  स्रष्टा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकारहरूले समाजलाई नैतिक मूल्यसहित सही बाटो देखाउन सक्नुपर्ने सुझाब दिँदै सम्मान गर्ने साइनो वाङमय चौतारी नेपाललाई धन्यवाद दिनुभयो। 

 

अर्का सम्मानित स्रष्टा प्रकाश समीरले,साइनो नवीन शिल्पशैलीको कविता हो तर यसले  परिष्कृत भई कवित्व ग्रहण गर्न सक्नुपर्छ, शब्द मात्र साइनो होइन् यसमा बिम्बप्रतीकले चोटिलो बनाउनु आवश्यक रहेको बताए ।समालोचक अमृता शर्माले साइनो नेपाली वाङमयप्रेमीको साझा सम्पदा भएकोले यसको विकासमा ध्यान दिनुपर्ने जिम्मेवारी हामी सबैको भएको तर्क गर्नुभएको हो ।

 

साइनो कविताका प्रवर्तक डा। छायादत्त न्यौपानेले साइनो कविता लेखन मैले सुरु गरेको भए पनि यसको प्रचार प्रसारमा केशव ज्ञवाली, बालकुमार क्षेत्री, खेमलाल पोखरेल, डा.सीता सुवेदी, धातानन्द शर्मा, शेखर अर्याल, सुरेन्द्र शाहीुगुलाब कान्छो, महानन्द ढकाल, डा.टङ्क पन्थ, कमला भण्डारी, मोहन दुवाल, प्रवीण जोसी, आशाकुमारी तिम्सिना, शान्तिराम भट्टराई समेत धेरै स्रष्टाहरूको संयुक्त योगदान रहेको छ बताए । 

 

उहाँले  आरम्भ भएको छोटो समयमा साइनो कविता विश्वका २५-२६ देशका सर्जकमाझ लोकप्रिय भइसकेको बताएका हुन्।केशव ज्ञवाली, आशा तिम्सिना, सुरेन्द्र शाही गुलाब कान्छो  शान्तिराम भट्टराई, घन थापासमेत गरी १० जना स्रष्टाले शृङ्खला मासिक पत्रिका साइनो कविता विशेषबाट रचना वाचन गर्नुभएको थियो।

 

यसै गरी संस्था तथा कार्यक्रमकी अध्यक्ष डा.सीता सुवेदी पन्थीले उपस्थित सबैलाई धन्यवाद दिँदै साइनोले विश्व साहित्यमा उपस्थिति जनाउन सफल भएको कुरा गर्नुभयो । संस्थाका उपाध्यक्ष  बालकुमार क्षेत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शेखर अर्यालले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सदरमुकाम मार्तडी स्थित मालिका नमुना माध्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्यायले देशको गुणस्तरीय शिक्षा

SITENAME

उमेश विश्वकर्मा “सागरका” केही रचना

बाजुराः गजल मुक्तकमा आफ्नो लेखनलाई छुट्टै पहिचान बनाइसक्नु भएका कालिकोटमा जन्मीएका उमेश विश्वकर्मा “सागर” जो धेरै लामो समय देखि भारतको

SITENAME

बुधबार कार्यक्रम “गजल मञ्जरीमा” साहित्यकार बुढा

बाजुरा-  रेडियो पौरखी ९०.४ मेगाहर्ज मार्तडी बाजुराबाट प्रत्येक हप्ताको बुधबार राति ९-१०-१०-०० बजेसम्म प्रशारित हुने कार्यक्रम रात्रिकालिन “गजल