२०७८ साल चैत १९ गतेको दैनिक राशिफल

SITENAME

रेडियो पौरखी बाजुरा

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको करकापमा काम गर्नु परे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । कर्जामार्फत खर्च जुटाउन सकिने छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्न देखि सहयोगीहरूले साथ दिने छन् भने नयाँ कामको प्रस्ताव आउने छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुने छ । पारिवारिक भेटघाटले खुसियाली छाउने छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहने छ ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्ने छन् । गरेका कामबाट प्रशस्त लाभ हुने छ । आयआर्जन बढ्ने छ र उठ्नु पर्ने रकम हात लागी हुने छ । तर साथसाथै खर्चिलो काम पनि प्रारम्भ हुने छ । यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनु पर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नु पर्ला ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको परिश्रमले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । मध्याह्न पछि आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुने छ । उठ्नुपर्ने रकम हातलागी हुने छ । तर आम्दानी बढे पनि सोखले खर्चको मात्रा समेत बढाउन सक्छ । अहिलेको फाइदा मात्र हेर्दा पछिको लाभांशमा कमी आउने देखिन्छ ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नु होला । दिउँसो देखि स्थितिमा सुधार आउनाले आफ्नो वर्चस्व बढ्ने छ । तारिफ योग्य कामले प्रशंसा, ख्याति र लाभ दिलाउने छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउने छ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला । सामान्य कामका लागि दौडधुप गर्नु पर्ने छ । तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनु होला । केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिने छ । दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ । केही उपलब्धि प्राप्त गर्न अर्काे वस्तु त्याग्नु पर्ला ।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहान रमाइलो देखिए पनि दिउँसो तिर अस्वस्थताले काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दुःख पाइने छ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम समेत खर्च हुने छ । गोपनीयता भंग हुनाले समस्यामा परिने छ । सहयोगीहरू पछि हट्ने छन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
राम्रो उपलब्धि हातलागी हुने समय छ। रोकिएको काम बन्ने छ भने जिम्मेवारी समेत बढ्ने छ । दिगो काम प्रारम्भ हुनेछ। मध्याह्न पछि दिन मनोरञ्जन पूर्ण र उत्साहवर्द्धक रहने छ । व्यापार बढ्ने छ भने यात्राको साइत जुर्न सक्छ । गरेको कामले आशा जगाउने छ । विभिन्न भौतिक साधन प्राप्त हुने छन् । धन तथा ज्ञानको भण्डार बढ्ने छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउने छ ।

 

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश सानोतिनो समस्याले अल्झाउन सक्छ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहने छ । प्रतिस्पर्धामा विजयी भइने छ भने ईर्ष्या गर्नेहरूले हार खाने छन् । पराक्रमद्वारा अधिकार स्थापित हुने छ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । संघर्षमा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउने छ । ईष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिने छ । 

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउने छ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउने छ । तर छिटो फल प्राप्त गर्ने आकांक्षाले भने समस्या निम्त्याउन सक्छ । हल्लाको पछि लाग्दा अलि दुःख पनि पाइने छ । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आँट गर्दा दिगो काममा हात हाल्न सकिने छ । बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुने छ । मध्याह्नदेखि बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु होला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुने छ ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आत्मविश्वासको कमीले काममा पछि परिने छ । तापनि अध्ययनमा विशेष प्रगति हुने छ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुने छ । नयाँ काम प्रारम्भ हुने छ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । परिस्थितिवश केही खर्च बढे पनि आफ्ना सूचना गोप्य राख्नु होला । ईष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउने छ ।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने छ । हिम्मतले काम बनाउन सकिने छ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिने छ । आजको उपलब्धिले थप उत्साह जगाउने छ । मध्याह्न पछि नयाँ काम प्रारम्भ हुने छ । बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा समेत फाइदा हुने छ । अध्ययनमा प्रगति हुने छ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुने छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

वित्तिय जोखिम मूल्याङ्कनमा बडीमालिका र हिमाली पहिलो बने

बाजुरा :जिल्लाका स्थानीय तहहरुले स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कनमा बडिमालिका नगरपालिका र हिमाली गाउँपालिका पहिलो स्थानमा रहेका छन । वित्तीय