वित्तिय जोखिम मूल्याङ्कनमा बडीमालिका र हिमाली पहिलो बने
बाजुरा :जिल्लाका स्थानीय तहहरुले स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कनमा बडिमालिका नगरपालिका र हिमाली गाउँपालिका पहिलो स्थानमा रहेका छन । वित्तीय जोखिम मूल्याङ्कन एफआरएको २०८०र ०८१ को नतिजा अनुसार बडीमालिका नगरपालिका र हिमाली गाउँपालिका पहिलो स्थानमा रहेको पाइएको छ ।
स्थानीय तहको वित्तिय प्रणाली व्यवस्थित, पारदर्शी विधी सम्वत र प्रभावकारी बनाउन वित्त व्यवस्थापन जोखिमका सम्भावित क्षेत्रको पहिचान गरी लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय व्यवस्थापन गर्न गरिएको मुल्याङ्कनमा बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकाले समान अंक प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।
दुबै पालिकाले ७९ दशमलव ५ अकं प्राप्त गरेका छन । स्थानीय तह वित्तिय मुल्याकंन प्रणलीमा अपलोड गरेका कागजातका आधारमा गरिने मुल्याकंनका आधार सुचाकाङ्काअनुसार ति दुबै स्थानीय तह माध्यम जोखिमको सुचीमा रहेका छन ।
वित्तिय जोखिम मुल्याङ्कनमा बुढीगंगा नगरपालिका दोस्रो स्थानमा रहेको छ । उक्त नगरपालिकाले ७६ अकं प्राप्त गरेको छ । त्यसै गरि स्वामीकार्तिक खापर गाउँपालिकाले ७५ दशमलव ५ अकं, जगन्नाथ गाउँपालिका ७५, त्रिवेणी नगरपालिकाले ७३ दशमलव ५ अकं, खप्तड छेडेदह गाउँपालिकाले ६९ दशमलव ५ अक, गौमुल गाउँपालिकाले ६१ दशमलव ५ र बुढीनन्दा नगरपालिकाले ५८ अकं ल्याएका छन् ।
जोखिम लेखाजोखाको वर्गीकरण अनुसार जिल्लाका सबै स्थानीय तह मध्याम जोखिमको सुचीमा रहेका छन् ।
सुचक अनुसार शून्य देखि ४० सम्म अकं प्राप्त गरेको अवस्थामा उच्च जोखिम, ४१ देखि ८० सम्म अकं ल्याउने मध्यम जोखिम र ८० भन्दा माथि अकं ल्याउने न्युन जोखिम हुने रहेको छ ।

२०७८ साल चैत १९ गतेको दैनिक राशिफल
रेडियो पौरखी बाजुरा मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको करकापमा काम गर्नु परे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । कर्जामार्फत खर्च जुटाउन






.jpeg)



प्रतिकृया दिनुहोस