सर्वोच्चले दिएन अन्तरिम आदेश,रवि लामिछानेलाई शपथको बाटो खुल्यो
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद् पदमा शपथ ग्रहणको बाटो खुलेको छ । सर्वोच्च अदालतले उनीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई शपथको बाटो खुलेको हो ।
लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिनेरनदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो ।
युवराज असफलले सांसद बन्न अयोग्य भएको भन्दै लामिछानेको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।

बुरुन्डीमा हैजाको प्रकोप
बुजुम्बुरा सिन्ह्वा बुरुन्डीमा हैजा प्रकोप घोषणा गरिएको छ। बुरुन्डीको जनस्वास्थ्य तथा एड्स नियन्त्रण मन्त्री सिल्वी न्जेइमानाले पूर्वी

बनपा ७ मा स्थानिय भुवापर्व आज सम्पन्न
गोबिन्द्र राज तिमिल्सेना... जिल्लाको बडिमालिका नगरपालिका बडा नं ७ मा स्थानिय भुवा पर्व आज सम्पन्न भएको छ । गत पुश ७ गतेबाट सञ्चालन भएको भुवा

जापानमा कोभिड सङ्क्रमणको आठौं लहर, संक्रमित बढ्दै
टोकियो जापानमा कोरोना भाइरसको आठौं लहर चलिरहेको छ। यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन्। स्वास्थ्य मन्त्रालय र स्थानीय






.jpeg)



प्रतिकृया दिनुहोस