बाजुराको कथा,व्यथालाई सिंहदरबार सम्म पुर्याउने मान्छेको कमी
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः प्रकृतिलाई चारैतिर बाट हरियाली जङ्गल संगै, कहालिलाग्दा नङ्गा डाडापाखा,सेताम्य हिउँको तन्नामा सुतिरहेका लहरबद्द दन्त मिले जस्तै मिलेका हिमाल,कलकल बग्ने स- साना खहरे खोला,नौरङ्गे साडिमा उनिएकी अप्सरा जस्तैः रमाइरहेका हिमाल,बिहानी पखको सुर्यको किरणमा देखिने टलटल टल्किने लोभलाख्दा डाडापाखा,सान्त वातावरण,स्वच्छ हावापानी, पहाड भित्र लुकेको अर्को नयाँ सन्सार,बिचित्रताको खानी, सौन्दर्यका हिसाबले स्वर्ग जस्तैः लाग्ने रमाइला ठाउँ गाउँ बस्ति जसलाई सोन्दर्य भनेर हामी चित्रण गर्ने गर्छौ । त्यस्तै सबै सम्भावना बोकेको एक भु-स्वर्ग ,सुन्दरताको पछाडि छुट्टै कथा ब्यथा बोकेको रमणिय ठाउँ बाजुरा जुन सबै भन्दा पिछडिएको जिल्लाको रुपमा चिनिने एक ग्रामीण जिल्ला जहाँको प्राकृतिक जति लोभलाग्दो छ त्यस पछाडिको कथा ब्यथा पनि उस्तै ।

नेपालको सबैभन्दा कम बिकशित प्रदेश सुदुरपश्चिम त्यसै प्रदेशका ९ वटा जिल्लाहरू मध्ये अझै कम बिकशित बाजुरा जिल्ला विकासका दृष्टिकोणले देशका ७७ जिल्ला मध्ये पिछडिएको जिल्ला हो । यो जिल्ला प्राकृतिक हिसाबले जति धनी छ त्यसपछाडि बिकाशका हिसाबले त्यति नै गरिबी जिल्ला पनि हो । बाजुरा जति प्राकृतिक रुपले धनी भए पनि भौगोलिक हिसाबले अगाडि रहे पनि यहाँको दुस्ख पीडा,ब्यथा अनि बिकाशका पुर्वाधारका हिसावले निकै नै पछाडि परेको जिल्ला हो । जिल्ला बाजुरामा निकै नै पीडा ब्यथा रहेको छ जसको सुनावाई अहिलेसम्म पनि हुन सकेको छैन् । बाजुराको पीडा बेदना सिहदरबार सम्म पुर्याउने मानिसको कमि छ । बाजुराको पीडा ब्यथा सिहदरबारको आसनमा बसेकाहरुलाई के थाहा बाजुराको दुस्ख दर्द यो देख्दा साच्चै मन सम्हाल्न गाह्रो हुन्छ। जति भौगोलिक हिसावले धनी थियो त्यति बिकाशका हिसावले अगाडि बढेको खण्डमा जिल्ला बाजुरा देशकै उत्कृष्ट जिल्ला संगै धनी जिल्लाको रुपमा चिनिन्थ्यो ।
सुदुरकै भन्दा पनि देशका ७७ जिल्लाकै बिकट जिल्ला बाजुराको नामाकरण कसरी रहन गएको हो,भन्ने लिखित प्रमाणहरु भेट्न नसकिए तापनि पुराना कथा,ब्यथाहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, भन्ने किबदनन्ति सुनिन्छ।केन्द्रिय शासन जुम्लाबाट संचालन गरिएता पनि हालको बाजुरा जिल्लामा पनि त्यस राज्यका प्रतिनिधिहरु बस्दथे, भन्ने पुर्खाहरुले बताएका छन् । जिल्ला बाजुरा पहिला अलग्गै नभई पछि स्थापित भएको पाईन्छ । त्यहाँ पहिला दरबार थिय। दरबार भएको ठाउलाई कोट भनिन्थ्यो । यस बाजुरामा पनि पुराना दरबार थिए जुन अहिले पनि कहि कतै थोरै अस्तित्व भेटिन सकिने पुर्खाहरुको भनाई रहेको छ । खसिया मल्ल वश अन्तिम शासक अभढुय मल्लको ई। स। १३७६ को तामपत्रमा बाज्रुका अभिकारी।कार्की प्रती भनी आदेश दिईयो। बार्जुू भन्ने स्थान नै बाजुरा हो। यस प्रकार चौधौ शताब्दीमा यस स्थानको नाम बार्जु थियो र यसैबाट पछि अपभ्रंस हुदै बाजुरा हुन आएको पुर्खाहरुले बताएका छन्।
पुरापुर्व कालमा उक्त ठाउँमा जङ्गली चरा वाज जसलाई पासोद्वारा समातिन्थ्यो ।ती बाज चराहरुको नाम भाले शाही बाज र पोथीलाई झुर्रा बाज भन्ने गरिन्थ्यो । राजाले आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुरुप बाजको लागि पासो थाप्दा पासोमा शाहीबाज भाले नपरी पासोमा झुर्रा बाझ पोथी परेछ। त्यसकारण पोथी बाजलाई राजाको दरबारमा पठाएछन् । त्यस कोटको नाम पोथीबाजको नाम उल्टावाट बाझुर्राकोट राखेछन् । बाझुर्राकोटको नाम अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरी कोटको नामबाट बाजुरा रहेको किम्बदन्ति भेटाईन्छ जुन बार्जुकोट दरबार अहिलेसम्म पनि रहेको छ । यती कथा ब्यथामा आधारित जिल्ला बाजुरा प्राकृतिक हिसाबले जति धनी भए पनि बिकाशका हिसाबले निकै पछाडि परेको छ । त्यसकारण बाजुरा जति सुन्दर भए पनि त्यस सुन्दरताको पछाडिको पीडा ब्यथा कसैले नबुझेको स्थानियहरुले बताउने गरेका छन ।
भौगोलिक अबस्थित अनुसार बाजुरा २९ डिग्री १९ मिनेट उतरदेखि २९ डिग्री ५७ मिनेट उत्तरी अक्षास त्यस्तै ८१ डिग्री ९ मिनेट पुर्व देखि ८२ डिग्री ४९ मिनेट पुर्बी देशान्तरमा फैलिएको जिल्ला हो । बाजुरा पुर्बमा मुगु र कालिकोट पश्चिममा बझाङ ,उतरमा हुम्ला र दक्षिणमा अछाम कालिकोटको बिचमा रहेको बिकट जिल्ला हो । जिल्ला बाजुरा २३००३७ हेक्टर क्षेत्रफलमा फैलिएको एक हिमाली जिल्ला हो । जसमा खेती योग्य जमिन २८१३५ हेक्टर रहेको छ भने खेती खेती नगरिएको जमिन ८८१३ हेक्टर जमिन रहेको छ । जिल्ला बाजुरामा चरण क्षेत्र ३८०९५ हेक्टर रहेको छ भने वन क्षेत्रः ९८६४६ हेक्टर रहेको छ,खोला नदि ताल तथा पोखरी १६४६६ हेक्टर क्षेत्रफल,भिर पहरा चट्टान ५३४६९,घर घडेरी उद्योग ४०७१ हेक्टर क्षेत्रफल र अन्यः ३३४५२ हेक्टर रहेको छ । ९ वटा स्थानिय तह भएको यस जिल्लामा बडिमालिका नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ । जुन पालिकामा ९ वटा रहेका छन् त्यस्तै त्रिबेणिमा ९,बुढिगङ्गामा १०,बुढिनन्दामा १०,गौमुलमा ६, स्वामिकार्तिकमा ५,जगनाथमा ६, हिमालिमा ७ र छेडेदहमा ७ वटा वडा रहेका छन । सबै स्थानिय तहभन्दा बढि पहुँच पुगेको बडिमालिका हो भने कम पहुँच पुगेको स्वामिकार्तिक रहेको छ ।
जिल्ला बाजुरा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध रहेको छ यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको सुदूरपश्चिमको गहनाकै रूपमा जिल्ला बाजुरालाई चिनिने गरिन्छ । बाजुरा जिल्लाको सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छन् भने यहाँ विशाल फाँटहरू पनि रहेका छन्। अनेकन प्रजातिका फूल फुल्ने यस जिल्लाका विभिन्न प्रजातिका बन्यजन्तु पशुपक्षि पाईन्छन् । भौगोलिक हिसावले धनि बाजुरा जिल्ला बिकाशका गतिबिधि र अन्य सेवा सुबिधाबाट भने निकै पछाडि परेको छ ।जिल्लामा थुप्रै मन्दिर, वन्यजन्तु, खोला, झरना आदि रहेका छन। जसले गर्दा मन शान्त हुन्छ। मनै लोभ्याउने दृश्य देख्न नियाल्न पाइन्छ। सुन्दर दृश्य सँगाल्दै बाजुराको यात्रामा रमाउन निकै रमाइलो हुने गर्छ।बाजुराको दृश्य निके हेर्न लायक रहेको छ । विभिन्न बिबिधताले भरिपुर्ण भएको यस बाजुरा जिल्ला देशकै भौगोलिक हिसाबले निकै धनी जिल्लाको रुपमा चिनिन्छ । यहाँका विभिन्न प्राकृतिक सम्पदाहरुले यहाँको वातावरणलाई बढि सौन्दरता दिएका हुन्छन् ।
बाजुरा सुन्दरताको हिसाबले देशभरकै अग्र स्थानमा पर्ने जिल्ला हो । समय अनुसारको फरक वातावरण,फरक हावापानीले यहाँको सुन्दरतालाई झनै आकर्षक गरेको छ । जहाँ थुप्रै वन्यजन्तु, जडिबुटी, तथा चरनक्षेत्र र घाँसे मैदानहरू छन्।जिल्लामा विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्र जसमा बडिमालिका,बुढिन्नदा,खप्तड २२ पाटन,त्रिवेणी धाम र नाटेश्वरी धाम प्रमुख धार्मिक आस्थाका धरोहरका रुपमा परिचित छन् रहेका छन् । पछिल्लो समय जिल्ला बाजुरामा घुम्न आउँने पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ। बिकाशका हिसावले पछाडि परेको भए पनि भौगोलिक हिसाबले धनी रहेको बाजुरामा घुम्न आउने पर्यटकको सङ्ख्या थपिने गरेको छ। अनुपम सुन्दरताले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जिल्ला बाजुरा पर्ने गरेको छ । प्राकृतिक हिसाबले भरिपूर्ण भएपनि त्यस क्षेत्रमा पर्यटन विकासका लागि सरकारले खासै योजना नल्याएको कारण केही पीडा र ब्यथामा जिल्ला बाजुरा गुर्जिरहेको स्थानीयबासीहरू बताउँछन्।
लोभलाग्दा जिल्ला बाजुराका गगनचुम्बी हिमाल अनि विशाल पाखा-पखेरा देख्दा यस्तो लाग्छ नेपालका अधिकांश जमिनले त आकाशले नै ओगटेको छ अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं भन्न मन लाग्छ ,के नेपाल सानो छू । कति राम्रो रमाइला डाडापाखा मनै लोभिने सेताम्य हिमाल,सिरसिरे चल्ने बतासले मानिसलाई उडाउला भनेजस्तो ,सुन्दरताको धनी बाजुरा जिल्ला जती भौगोलिक हिसाबले धनी थियो त्यति सबै सेवा सुबिधाबाट सम्पन्न भएको भए कति राम्रो हुनथ्यो तर निरासाजनक जति भौगोलिक हिसाबमा बाजुरा धनी थियो त्यति बिकाशमा अगाडि छैन् । त्यसकारण यहाँका नागरिक सधै दुस् ख भोग्दै आईरहेका छन् । बाजुराले धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले प्रचुर सम्भावना बोकेको छ। आँखै सामुन्ने टल्किने सुन्दर हिमाल, निकै टाढासम्म फैलिएका विशाल फाँट, हिउँको पौठाजोरी र मनोरम प्राकृतिक दृश्यहरु बाजुराका गहना हुन्।
जिल्ला बाजुरा देशभरकै मानवीय सूचकांकमा पुछारमा भएपनि धार्मिक, साँस्कृतिक, ऐतिहासिक,पर्यटकीय, जल, जमिन र जडिबुटीको श्रोत र साधनका हिसावले धनी रहेको छ । आर्थिक हिसावले पछाडि परेको भए पनि जिल्ला बाजुरा सामाजिक ,ऐतिहासि र धार्मिक हिसावले निकै अगाडि रहेको छ । जिल्ला बाजुरामा घुम्न आउने जति पनि पर्यटकहरुले जिल्लाको बारेमा राम्रो टिकाटिप्णि गरिरहेका हुन्छन्। कतिपयले बाजुरा पवित्र कडिमालिकाको भुमि,कतिपयले सुन्दरताको खानी,कतिपयले पहाड भित्र लुकेको अर्को नया पहाड भनेर भन्ने गरेका छन् । जिल्ला बाजुरामा पर्यटकियको प्रचुर सम्भावना बोकेका क्षेत्रहरुले जिल्लाको थप नाम उच्च शिरमा राख्न सफल भएका छन् । कस्तुरीको नावीमा बिना हुन्छ तर कस्तुरीले त्यसको बास्ना र आफ्नो शरीरमा भएको बिनालाई चिन्दैन भने झै बाजुराले आफुभित्र भएको श्रोत र साधनलाई पहिचान र प्रचार प्रसार गराउन नसक्दा कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं सावित भएको छ ।जिल्लामा हरेक सम्भावना भए पनि यसको प्रबर्द्धनको लागी भने केही गर्न सकेको छैन् ।
बिकाशका गतिबिधिले पछाडि परेको भए पनि यस जिल्ला बाजुरा धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचारप्रसार गरेर पहिचान बनाउन यहाँका राजनीतिकदल, जनप्रतिनिधी, नेता, समाजसेवी, बुद्घिजिवी, नागरिक समाज र सचेत नागरिक सबैले हातमा हात जोडेर एक जुट भई पहलकदमीका साथ अगाडि लाग्ने हो भने प्रचुर पर्यटनको सम्भावना रहेको छ ।तर के गर्नु कसैकाट पनि पहलकदमिको काम हुदैन त्यसकारण जिल्लामा रहेका हरेक सम्भावनाहरु पनि लोभ र लुक्दै गएका छन्। जिल्ला बाजुरालाई राष्ट्रको आँखामा पार्न सक्ने हो भने बाजुरा धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणले गन्तव्य स्थान बन्नेमा कुनै दुईमत छैन् । बाजुरा जिल्ला धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको श्रोत र साधनका दृष्टीकोणबाट प्रचुर सम्भावना बोकेको जिल्लाको रुपमा लिन सकिन्छ ।यहाँ विभिन्न आस्थाका धरोहर,रमणिय स्थल,विभिन्न जडिबुढि,पशुपक्षि,लगाउयतले पनि बाजुरा धनी रहेको छ। जसको उत्थान गरेर जिल्लामा उत्पादित भएका सबै सामाग्री अन्य देशमा पुर्याउन सक्यौं भने जिल्लाको आयस्तर संगै गरिबि घट्ने थियो ।
जिल्ला बाजुराको वरिपरी अनकन्टार जङ्गल शोभापूर्ण वातावरण समय अनुकुल फरक मौषम परीबर्तनका कारण यहाँको प्राकृतिक सौन्दरता निकै लोभलाग्दो रहेछ । जिल्लाका ९ वटै स्थानिय तहमा पाईने फरब बिबिधता ,रहनसहन,चालचलन र व्यवहार अनि फरक स्थानिय तहको पेशा बोलिचालिले पनि यहाँको सस्कृति उकास्न सहयोग पुगेको त्यस्तै फरक स्थानिय तहमा पाईने विभिन्न खाले बनस्पति,जडिबुढि अनि अन्य बिबिधताले पनि बाजुरालाई मन्त्रमुग्ध बनाएको छ ।९ वटा स्थानिय तहमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रले पनि जिल्ला बाजुराको शोभा बढाएको छ । विभिन्न बन्यजन्तु ,चराचुरुङ्गी ,खहरे खोला,झरना,डाडापाखा लगायत समथर मैदार हरियाली फाटहरुले त्यहाँका सौन्दर्यता निकै बढाएको छ । कहि उकालो ,कहि ओरालो कहि समथल भु-भाग,अग्ला होचा डाडापाखा,कहालिलाग्दा चट्टाने भिरले पनि बाजुराको शोभा बढाएको छ । लहरैबद्द रहेका खेतबारी, ती खेतबारीमा काम गरिरहेका किसानको मेहेनत तिनिहरुले उब्जाएको अन्नवाली पनि बाजुराको पहिचान हो । लटरम्म फलेका स्याउका बोट,ढकमक्क फुलेका फुल,एकआपसमा पौठाजोरि खेलेर हासिरहेका हिमाल,बिहानीको सुर्यको किरणमा नाचिरहेका डाफे मुनालले पनि बाजुराको सौन्दर्यतालाई बढाएको छ ।
त्यस्तै जिल्ला बाजुराको पर्यटन प्रबर्द्धन गर्ने तथा बाजुराका चिनारी पर्यटकिय क्षेत्र बडिमालिका, बुढीनन्दा, छेडेदह, कालाजग्रा ,पोरखेगढि, खप्तड राष्ट्रिय निकुञ्ज, त्रिवेणी पाटन, रानीसैन, छेडेदह ताल, झरना, कर्णाली नदी , महत्वपूर्ण धार्मिक स्थल र मन्दिरहरु स् बडिमालिका, बुढीनन्दा, साइगोसाई माणु, शाहीमाण्डौं, पादुका त्रिवेणी धाम, नाटेश्वरी, जगन्नाथ ठाकुर, तलिगाठि,कैलाश र चन्द्रनाथ , जडिबुटी स् यार्सागुम्बा, कटकी, पाँचऔंले, तितो, चिराईतो, च्याउ, सिलाजित, रुगासाग, जटामसि,कटुको,बाजडि ,हस्तकला सामाग्रीहरुस् बोल्दो, भांग्रो, राडी, पाखी, ल्यू, फेरुवा, नेपाली कागज, डोको ,निकालो,जङ्गली जनावरहरु स् कस्तुरी, बाघ, भालु, ब्वाँसो, थारल, मृग, घोरल , वँदेल , स्याल,चराचुरुङ्गीहरु स् नौरङ्गी डाँफे, कालिज, च्याखुरा, हुचिल बाज,पातिकिट्टो,मैना,काग, मनोरम दृश्यहरु स् बडिमालिका क्षेत्र, त्रिवेणी, बाईस पाटन र खेतिवेति, भिरको पर्ने बुढीनन्दा क्षेत्र, खप्पतड क्षेत्र, रानीसैन, पोरखे लेक, कुण्डा खोला, छेडेदह अन्य झरनाहरु ,नदी÷खोला स्कणाली, कवाडी, बुढीगंगा, बार्जुगाड, बड्डीखोला, जुड्डीगाड, भौनेरा लगायत कुराहरुले पनि बाजुरा धनी रहेको छ ।
बाजुराको कथा,व्यथा,कसले बुझ्ने
प्राकृतिक हिसाबले सौन्दर्यको खानीको रुपमा बाजुरालाई चिनिने गरिएता पनि सुन्दरता पछाडिको यहाँको पीडा,बेदना भोकमरिले बाजुरालाई सधैं सताईरहने गर्छ । यहाँको बिकाशको गतिबिधिले जिल्लाबासिहरुलाई निकै पिडा दिने गरेको छ । भनेको समयमा यातायताका साधनहरु सञ्चालन नहुदा कतिपय ब्यक्तिहरुले ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । सुत्केरि महिलाहरुलाई जहाज कुर्दै उनिहरुले मृत्युवरण गर्नु पर्ने बाध्यता रहेको छ । बिरामिहरुले औषधि नपाएर छटपटाउनु पर्ने बाध्यता अलग्गै रहेको छ । यहाँको गरिबी जुन निकै डरलाग्दो अबस्थामा रहेको छ । कतिपय नागरिकहरु भोकभोकै बस्नु पर्ने बाध्यता रहेको छ । जिल्ला बाजुराका बासिन्दाहरुलाई सधै गिट्टि कुटेर खानु पर्ने बाध्यता रहेको छ गुजारा चलाउनको लागि दिनभर घाममा पानी समेत नखाएर यहाँका महिला दिदिबहिनी गिट्टि कुटेर गुजारा गरिरहेका हुन्छन् भने दाजुभाइ कामकै सिलशिलामा भारत लगायत अन्य देशमा जानू पर्ने बाध्यता रहेको छ ।
नेपालको उतर पश्चिमको एक अध्यारो कुनामा लुकेर रहेको यस जिल्ला बाजुरामा राम्रोसँग सरकारको नजर पनि परेको छैन् । अन्य ठाउँमा जस्तो सेवा सुबिधा यहाँका नागरिकले पाउन सकेका छैनन्। सर्वाधिक बिकट क्षेत्र जसमा राज्यको नजर न्यून रहेको छ । कहिले चामल त कहिले नुनको अभावमा यहाँका नागरिक झेलिरहेका छन् । जति बाजुरा भौगोलिक हिसाबले धनी थियो त्यति नै सबै सेवा सुबिधाबाट धनि भएको भए यहाँको गरिबी हट्थ्यो,बेरोजगारी दर हट्थ्यो तर त्यसको बारे कसैले पनि चासो दिएको पाईदैन् । बिकट ठाउँका नागरिक बिहान बेलुकि सुख्खा नुनु संग रोटि खाएर बाच्नु पर्ने बाध्यता रहेको छ । कतिपय ठाउँमा मानिसहरुलाई जीवन काट्न पनि मुस्किल रहेको छ । अहिलेसम्म नत राम्रो रोड नत यातायातका साधनको सबै ठाउँमा पहुँच पुगेको छ उहीँ पुरानो पेशा मानिसहरु दिनहु चौरी खच्चडमा सामान लगेर खाने बाध्यता हटेको छैन्।
राज्यको सेवा सुबिधाबाट पनि पछाडि परेको छ । अवसरबाट बञ्चित बाजुरामा सडकदेखि बिजुलिबत्ति सम्मको पहुँच राम्रोसँग अहिलेसम्म पुगेको छैन्। बिद्यालय देखि स्वास्थ्य उपचार सेवासम्म पाउन सकेका छैन् यहाँका नागरिकले । बाजुराका सबै आमाहरुले जहाज बिना ज्यान गुमाउनु पर्ने बाध्यता जेनको तेन छ । जसले १५ सम्म सन्तान जन्माए पनि बचाउनै गाह्रो बाटोमै सुत्केरी ब्यथाले मर्नु पर्ने पीडा,भगवानको कृपाले उनिहरुको ज्यान बचाएको लगायत विभिन्न समस्या बाजुरामा रहेका छन् । अहिलेसम्म राम्रो शिक्षा,को गुणस्तर पुगेको छ नत खानेपानिको बाजुराबासि सधै उहीँ खोलाको धमिलो पानी खानु पर्ने बाध्यता हटेको छैन् । सबै बालबालिकालाई शिक्षाको पहुँच भन्दा टाढा रहेका छन् उनिहरुले राम्रो शिक्षा लिन सकेका छैन्।जिल्ला सधै भोकमरी संगै बाढि पहिरोको चपेटामा परिरहेको छ जसको असर आम बाजुरेलेली जनताहरुलाई परिरहेको छ । सधै अभावै अभावको जिन्दगीमा यहाँका नागरिक बाचिरहेका छन् ।खानको लागि चामल छैन् लगाउन शरिरमा एकसरो लुगा छैन् । चार पाच घण्टा हिडेर स्कुल जानू पर्ने,पानी ल्याउनु पर्ने , सानो काम गर्न पनि लामो पैदलको यात्रा गर्नु पर्ने बाध्यता जेनका तेन रहेका छन् त्यसकार बाजुरामा जति सुन्दरता भए पनि त्यस सुन्दरता पछाडि कति कथा ब्यथा लुकेका छन् कसैले थाहा पाएका छैन् ।
बाजुराको अशिक्षा,बाजुराको गरिबी,बाजुराको कुपोषण जस्ता रोगको प्रकोप अहिलेसम्म पनि अन्त्य हुन सकेको छैन्। मुक्तिकोट गाउँको समस्या जस्ताको त्यस्तै त्यहाँको गरिबि झन कुरै भएन बिकट ठाउँ मुक्तिकोट जहाँ सरकारको ध्यान त परै जाओस स्थानिय सरकारको पनि नजर परेको छैन् । जिल्लाको बालबिवाह,छुवाछुत छाउपडि,भेदभाव अन्य सामाजिक कुरितिको जालोमा बाजुरा जस्ताको त्यस्तै रहेको छ । यातायातको राम्रो सुबिधा हुन सकेको छ । ठुला खोलानालामा नत पुल छन् । नत रोड नि पुगेको छ । मानिस उहीँ दुख कष्ट गरेर जिन्दगी बिताईरहेका छन् । राष्टिय सडक सञ्जालबाट पनि कुनै सेवा सुबिधा लिन पाएको छ । बर्षको ६ महिना यातायातका साधन चल्ने ६ महिना ठप्प हुने प्रबृत्तिको पनि अन्त्य हुन सकेको छैन्।नयाँ कामको थालनि पनि हुन सकेको छैन् । बनाउन लागिएका बिकाशका कामहरु पूरा नगरि अलपत्र रहेका छन् । जिल्लाका कतिपय ठाउँमा कुनै पनि सुबिधा पुग्न सकेको छ । कतिपय गाउँका मानिस उहीँ पुरानो जमना अनुसार चलिरहेका छन् जसको कारण जिल्लामा उचित श्रोत साधनको अभाव बिकाशले पछाडि थलिएका कारण पनि सबै मानिस उहीँ पुरानो गतिमा रहेका छन्।
हिमाली जिल्ला तथा भएर होला नागरिकहरुले राम्रोसँग नुन पाउन पनि सकेका छैनन नुनका लागि पनि सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।पूर्ण रुपमा बजारीकरण नभएको र दुर्गम हिमालि जिल्ला भएकाले चामल नुनका लागि पनि महिनौ खालि बस्नु पर्ने बाध्यता रहेको छ । कुनै सामान किन्नको लागि पनि टाढा जानु पर्ने बाध्यता रहेको छ ।जिल्ला बाजुरामा हरेक सेवा सुबिधा नहुदा नागरिकहरुले सास्ती खेप्ने गरेका छन् । दुर्गम तथा हिमाली जिल्ला भएकोले सरकारको नजरमा अझै बाजुरा पर्न सकेको छैन्। चामल देखि नुनको पनि अभाव हुँदै आएको छ ।सोच्नेहरु बाजुरा कति भनी भनेर सोच्छन् होला तर बाजुराको वास्तविक पीडा बेदना अझैसम्म कसैले पनि बुझ्न सकेका छैनन्।भौगोलिक हिसाबले बाजुरा जति अगाडि भए तापनि बिकाश सेवा सुबिधाका हिसाबले अझै ७७ अङ्कमै रहेको छ । यहाँका नागरिकले कहिल्यै सुखको महसुस गर्न पाएका छैन् । सधैं कष्ठकरको जिन्दगी झेल्दै यहाँका नागरिक आईरहेका छन् । जिल्ला बाजुराको दुख पीडा निकै दुख लाग्दो रहेको छ यहाँको दुख पीडा सिहदरबार सम्म लगिदिने मानिसको पनि अभाव रहेको छ । जिल्लाबाट प्रतीनिधित्व गर्ने सरकारका उच्च पदस्थमा बसेका नेता र जिल्लामै रहेका नेताहरु अरुको कुरा काट्नमै ब्यस्त रहेको कारण बाजुरामा बिकाशका कामहरु निकै कम चलिरहेकन छन् भने नागरिकले सधैं दुख पाईरहेका छन् ।
हाम्रो बाजुरा हिउँ नै हिउँको बाजुरा,सुन्दरताको धनि,विचित्रताको जिल्ला भएपनि बिकाशको नाममा सबै भन्दा पछाडि परेको जिल्ला हुदा सबै बाजुराबासि कामको सिलशिलामा किदृश पलायन हुने गरेका छन् । अब सुन्दरताले के गर्नु सुन्दरता पछाडि ठुला ब्यथा पीडा बेदना भएको खण्डमा पेट पाल्न केही गर्नै पर्छ त्यसकारण नागरिकको बाहिर जाने प्रकृिया धेरै रहेको छ । इमान्दारिपना, नेतृत्वकारीको सवल नेतृत्व, राष्ट्रप्रतिको माया मोह, लगनशीलता र गम्भिरपनाले आज बाजुरा भौगोलिक हिसाबले लायकका भए पनि बिकाशका नाममा केहि नहुदा समस्या परिरहेको छ । आफ्नो जिल्ला छोडेर भारत, चीन, जापान, जर्मनी, अमेरिका, बेलायत, फ्रान्स र अन्य देशहरु कामको शिलशिलामा दिनहु नागरिक जाने गरेकन छनन यसको मतलब जिल्लामा रोजगारी अबसर अनि बिकाश नभएर भएको हो । गरिब घरहरुमा राती चुलोमा आगो बल्न मुस्किल छ कारण बाजुराको गरिबी,कतिपय बालबालिकालाई पढ्न पाएका छैन् कारण अशिक्षा,सबै युवा विदेश पलयान कारण बेरोजगारी ,यावत समस्याले जिल्ला बाजुरा बिकाशको गतिमा अगाडि बढ्न सकेको छैन् ।
जिल्ला बाजुराका नागरिकले कुनै पनि सेवा सुबिधाको सरल सहज पहुँच पाउन सकेका छैनन्।जिल्लाको तुलनामा सबै सेवा सुबिधाबाट पछाडि परेको जिल्ला रहेको छ । जिल्लामा राम्रो सडक निर्माण अझै हुन सकेको छैन् मार्तडी ( कोल्टि हुदै पिलुचौर जोड्ने कालोपत्रे सडक निर्माण कार्य अहिले सम्म हुन सकेको छैन्। भनेको समयमा यातायात चल्न सकेका छैन् ।उद्दार गर्नु पर्ने बिरामीलाई समयमै उद्दार गर्न सकिएको छैन् । शिक्षाका हिसाकले बाजुरा झनै पछाडि परेकाा छ । त्यस्तै स्वास्थ्य यातायात खानेपानी सञ्चार,बाट पनि पछाडि परेको जिल्ला हो। कतिपय गाउँमा अहिलेसम्म मोटर बाटो पुग्न सकेको छैन् जसका कारण जनताले सधै दुख भोग्नु परेको अबस्था रहेको छ । जिल्ला कुनै सुबिधा सम्पन्न स्वास्थ्य सस्था छ जिल्ला अस्पताल बाजुरा थियो जहाँ कहिले औषधि अभाव कहिले साधन अभाव अनि जटिल बिरामीको उपचार हुदैन बाहिर पठाउनु पर्ने स्थिति त्यो पनि समयमै यातायात नभएर झन सास्ति भोग्नु पर्ने बाध्यता रहेको छ ।
पिडै पिडामा पिल्सिएको जिल्ला बाजुरामा साधन स्रोतको निकै अभाव रहेको छ । सम्भावनाको खानी भए पनि गुणस्तरी प्रबिधिको बिकाश नहुदा निकै समस्या रहेको छ । जिल्ला बाजुरामा यस्तो पनि समस्या छ जहाँ कसै आफन्तलाई सम्झिन वा फोन गर्न अग्ला डाडापाखा संगै रुख चढ्नुपर्ने बाध्यता रहेको छ । राम्रोसँग जिल्लामा टेलिफोनको सुबिधा भएको छैन् । हरेक बर्ष यहाँका नागरिकले बाढि पहिरोको बितण्डा सहनु पर्ने बाध्यता रहेको छ । पहिरो बाट उच्च जोखिममा रहेका गाउँ बस्तिलाई अहिलेसम्म पनि बस्ति स्थानान्तरण गर्न सकिएको छैन् । बाढि पहिरोले कतिका घरजग्गा,कतिपयलाई टुहुरा बनाईरहेको छ तर पीडा बेदनामा मलम लगाउने कोहि पनि छैन् । बाजुराको भित्रि रुपमा पीडा बेदना कसैले पनि बुझेका छैन् । बाहिर रुपमा जतिपनि सुबिधा भए पनि वास्तविकता यहाँको निकै नाजुक रहेको छ । बाजुराको ती अभोद भोका बालबालिकाको आवाज कसले सुनिदिने,बाढि पहिरोले घर जग्गा बगाउदा रुदै गरेका पाल टागेर जमिनमा बसेका नागरिकको दुख कसले देखिदिने,स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाएका घर परिवारको पीडा बेदना कसले बुझिदिने,यस्तै पिडाको जगमा बाजुरा अडिरहेको छ ।
जिल्ला बाजुरामा अझै पनि बिद्युतिय सेवा पुगेको छैन् सदरमुकाम सम्म राष्ट्रिय लाईन जोडिएको भए पनि घरि आउने घरि जाने कारणले नागरिक वाक्क दिक्क भएका छन् । बाजुरामा अझै ९० प्रतीशत नागरिक बिद्युतको पहुँचबाट टाढा रहेका छन् । जिल्लामा बिद्युतिय सेवा पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन्। जिल्ला बाजुराका सबै गाउँमा बस्तिमा अझै टुकि,झरोको सहायताले बस्नु पर्ने बाध्यता रहेको छ । बढिजसो यहाँका नागरिक अझैसम्म पनि टुकि र झरोको साहारामा दिनहरु काटिरहेका छन् । गुणस्तरीय बिद्युत सेवाको पनि बिस्तार हुन सकेको छैन्। त्यसै गरि राम्रो स्वास्थ्य सुबिधा नहुदा कतिपय महिलाहरुले बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेको छ । समयमै उद्दार हुन नसक्दा कतिपयको ज्यान धरापमा परेको छ । जीवन मरणको दोषाधमा उनिहरु झेलिरहेका छन् । अन्य ठाउँमा समयमै यातायातको सुबिधा पुग्छ भने बाजुरामा यातायता कुर्दाकुर्दै मानिसहरुको मृत्यु हुने समस्या अझै हट्न सकको छैन् दुख पिडामा यहाँका नागरिक बाचिरहेका छन् । तर पनि दुख पीडा बेदना कसैले बुझ्दैन् चुनावको बेला ठुला ठुला आश्वास देखाउने नेता भनाउदाहरु चुनाव जितिसके पछि गाउँ फर्केर हेर्दैन् । गाउँको दुख सुल्झाउनु साटो आफ्नो पेट र गाजी भर्न ब्यस्त हुन्छन् । नसुन्ने गरि कानको जाली फुटेको जस्तै गरेर कानमा तेल हालेर बस्छन् दुख पीडा कसैले पनि बुझ्दैनन् विभिन्न समस्याहरु झेल्दै यहाँका नागरिक जीवन झेल्दै आईरहेकन छन्।
जिल्ला बाजुरालाई भौगोलिक हिसाबले जति धनी मानिएको छ बिकाशका हिसाबले त्यति नै गरिबि जिल्ला भनेर चिनिने गरिन्छ। यहाँको दुख अझै पनि कसैले बुझिदिएका छैनन् । जिल्लामा न राम्रो शिक्षाको गुणस्तर छ न त राम्रो सडक उहीँ पुरानै स्वरुपमा यहाँका नागरिक जिन्दगी झेलिरहेका छन् । सोच्नेले आहा बाजुरा क्या धनी सोचे पनि जति बाजुरा सुन्दरताले धनी छ त्यो भन्दा त्यस पछाडिको दुख,पीडा दर्द निकै रहेको छ । कुनै पनि नागरिकले समयमै कुनै सुबिधा पाउन सकेका छैन् सधैं पिडामा यहाँका नागरिकहरु छटपटाई रहेको अबस्था रहेको छ । कहिल्यै सुख पाउन सकेका छैनन् बाजुराका नागरिकले ।यदि जिल्ला बाजुरालाई भौगोलिक हिसाबले जस्तो धनी छ त्यस्तै अन्य हिसाबमा धनी सुबिधा सम्पन्न भएको देख्न चाहने भए सबैभन्दा पहिला यहाँको स्थानिय सरकार सुर्धिनु पर्ने देखिएको छ । स्थानिय स्तरबाटै बाजुराको बिकाश,यहीँको प्रचुर सम्भावनाको प्रचार प्रसार गर्न सकियो,यहाँको हरेक बहुमुल्य गहनाहरुलाई देश बिदेसम्म चिनाउन सकियो भने बाजुराले केही काचुली फर्ने अनुमान गरिन्छ । त्यस्तै जिल्लाको पर्यटन प्रबर्द्धनको लागी स्थानिय तहबाटै पहलकदमि चलाई यहाँ लुकेर रहेका अन्य सम्पतिको उत्थान गरि बाहिर ल्याउन सके जिल्लालाई बिकाशको गतिमा अगाडि बढाउन सकिन्थ्यो ।
सबैले यहाँको दुःख दर्द पीडा बुझेर अगाडि बढि हातमा हात,साथमा साथ मिलाई यहाँको हरेक समस्याको समाधान गर्न सबै लागेको खण्डमा जिल्ला बाजुरालाई जती भौगोलिक हिसाकले धनी देखिन्छ त्यति नै अन्य हिसाबमा धनी देख्न सकिन्थ्यो । जसको लागी सम्पुर्ण बाजुराबासि सरोकारवाला निकाय,स्थानिय सरकार एकजुट भएर यहाँको पर्यटन प्रबर्द्धनको र समस्याहरुको निर्मुल गर्न अगाडि बढे बाजुराको समस्या हटाउन सकिने र जिल्लालाई अलि आधुनिकता संगै यहाँको गरिबी,भोकमरी,शिक्षा,स्वास्थ्य ,यातायता सञ्चार लगायको क्षेत्रमा जिल्लालाई अगाडि बढाउन सहयोग पुग्ने थियो।
बाजुरेलीका समस्या जेनतका तेन,नेतृत्व फेरियो,बाजुरा फेरिएन….
बाजुराको राजनीति घटनाक्रममा नेतृत्व फेरिएपनि यहाँका जनताको जिवन स्तर,यहाँको आर्थिक,सामाजिक,साँस्कृतिक अबस्थामा भने कत्ति परिर्वतन आउँन सकेन् । प्रजातन्त्रको पुनर्वाहाली पछि विभिन्न दलका नेताहरू संसदसम्म पुगेका छन् । कोही सांसद भए कोही मन्त्री भए,बाजुराबाटै चुनाव जितेर गएका उनीहरु आफु पदमा बसे तर बाजुराबासीको पिडा जेनको तेन रह्यो, नेताहरुको जिवन स्तर फेरियो तर नागरिकका समस्या जहाँको यहि रहे ।बाजुराबाट प्रतिनिधित्व गर्दै कोही सांसद भए कोही मन्त्री भए । “नेताहरूलाई जितायौ कोहि सांसद बने कोहि मन्त्री बने तर जनताका लागी केहि गरेनन्,बाजुराबासी स्थानीयको भनाई छ । चुनावको बेला ठुलाठुला आश्वासन दिने नेताहरु आजभोली गाउँघरतिर आउँनै छाडे,कसैले आफ्ना छोराछोरी बिदेश पठाए,कसैले काठमाडौं जग्गा किने घर बनाए तर जनताका समस्या भने जेनका तेन रहे ।
बाजुरा आफैमा बिकट अनि दुर्गम जिल्लाका रुपमा लिने गरिन्छ । देशमा संघीयता लागु भैसक्दा पनि बाजुरा अझै राज्यको नजरमा पर्न नसकेको बाजुरेली जनताको गुनासो रहेको छ । देशकै पिछडिएको जिल्लाका रुपमा लिने गरेको बाजुरा जिल्लालाई राज्यले गर्ने सौतेनी ब्यववार अझै कमि हुन सकेको छैन । केही यस्ता दुर्गम बस्तीहरु छन जहाँका बासिन्दाहरु अझ सम्म पनि गरीबीको रेखामुनिबाट माथी उठ्न सकेका छैनन् । यहि गरवीका कारण भोकमरीको अभावमा मानिसहरु दिन गुजारीरहेका छन ।अधिकांसा मानिसहरू ब्यरोजगार छन् । अधिकांस युवा पिडित खाडी मुलुकहरुमा पसिना बगाएर परिवार पालिरहेका छन् ।बाजुराको कथा,व्यथालाई नजिकैबाट कसैले नियाल्न सकिरहेको छैन् । राजनिति गर्ने राजनितिकर्मीहरुले पनि चुनावको वेला चिल्ला भाषण गर्नु बाहेक अरु केही गरेको देखिदैन् ।
बाजुराको विकास कछुवाको तालमा अगाडी बढिरहेको छ ।बाजुराका हरेक स्थानीय तहहरुको समस्या जेनका तेन छन् । नत सडकको अबस्था राम्रो छ ,नत यहाँको शिक्षा,स्वास्थ्य,यातायात,सञ्चार सबै क्षेत्रको अबस्था निकै दयनिय रहेको छ । बर्षेनी सास्ती खेपेर पैदल यात्रा गर्नुपर्ने र दैनिक उपभोग्य बस्तुको मुल्य आकासिने गर्दछ र महङ्गगीको मार खेप्नुपर्ने बाध्यता छ । बाजुरामा विकासे निमार्णका कार्यहरु अलपत्र अबस्थामा छन् ।प्रदेश र संघ सरकारमा त बाजुराको अहिले सम्म पहुँच पुग्न सकेको छैन ।
सेवासुबिधामा नागरिकहरु बिच राजनीतिकरण कसैलाई काखा कसैलाई पाखा आर्थिक अनियमितता जनप्रतिनिधिको हैसियतले जनताका अधिकारलाई कुण्ठित गर्ने चेष्टा समेत जनप्रतिनिधिबाटै हुने गरेको नागरिक जनगुनासो छ ।बाजुरा मानव विकास सुचकांकको पुछारमा रहेको अशिक्षा,भोकमरी,गरिवीबाट प्रताडित भएको जिल्ला हो । यहाँको पिडालाई सिंहदरबार सम्म पुर्याउने मानिसको कमी हुँदा यहाँका जनताले दुःख भोग्दै आउनु पर्ने बाध्यता रहेको छ । सरकारले पनि बाजुरालाई सौतेनी ब्यबहार देखाउने गरेको छ । जसले गर्दा यहाँका स्थानीय हरेक सेवा,सुविधाबाट बञ्चित हुदै आएका छन् ।
– गोविन्द्र राज तिमिल्सेना- राष्ट्रिय संगीतकर्मी संघ बाजुराका महासचिव,खप्तड मालिका न्युजःअनलाइन सम्पादक

बाजुराको “बसिबियाँलो घर”अन्तर मनका भावना बिसाउने चौतारी बन्दै
गोविन्द्र राज तिमिल्सेना,असोज ७,बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”

बाजुराको “बसिबियाँलो घर”अन्तर मनका भावना बिसाउने चौतारी बन्दै
गोविन्द्र राज तिमिल्सेना,असोज ७,बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय “बसिबियाँलो घर”

मार्तडी-कोल्टी सडकखण्डको दर्दनाक अवस्था,नेतृत्व फेरियो तर बाजुरा फेरिएन्
गोविन्द्र राज तिमिल्सेजा, असोज ५,बाजुराः बाजुराको मार्तडी-कोल्टी सडकखण्ड अबरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन्। असार देखि अबरुद्ध






.jpeg)



प्रतिकृया दिनुहोस