मालिका माविमा खेलकुद सप्ताह सुरू
गोबिन्द्र राज तिमिल्सेना,
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका सदरमुकाम स्थित वडा नं ८ मा रहेको जिल्लाकै नमुना बिद्यालय मालिका माविमा खेलकुद सप्ताह सुरू भएको छ ।बिद्यार्थीमा भएको अन्तरनिहति प्रतिभाको खोजी गर्न र खेलकुद क्षेत्रमा खेलको अझ बढी महत्व दर्साउन उक्त कार्यक्रम संञ्चालन गरीएको बिद्यालयका प्राचार्य शुभराज पाध्यायले बताउनुभएको छ ।
आज एक कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उहाँले खेल भनेको राष्ट्रको एक आभुषण गहना हुनुका साथै मानीसको स्वास्थ्य सुरक्षामा तथा शाररिक,मानसिक,रुपमा खेलले ठुलो भुमिका खेल्ने हुँदा हामिले यो कार्यक्रम संञ्चालन गर्न लागेको उहाँले बताउनुभएको छ । सो खेलमा बिद्यालयमै अध्ययनरत कक्षा ११,१२ र टेक्नकिल तर्फ अध्ययनरत बिद्यार्थी बिच प्रतिस्प्रर्धा गराउने पनि उहाँले बताउनुभएको छ ।
खेलकुद सप्ताह कार्यक्रममा
फुटबल,भलिबल,सटफुट,भाला,चेस,कबडी,ब्याडमिन्टन,हाइजम,लमजम्प,त्रिपलजम्प,क्रिकेट,खोखो बास्केटबल हाजिरीजवाफ लगायत थुप्रै अन्य क्रियाकलाप पनि संञ्चालन हुने जानकारी प्राप्त भएको छ । हरेक बर्ष यस बिद्यालयले बिद्यार्थीको अन्तरनिहति प्रतिभा पहिचान गर्न यस्ता कार्यक्रम संञ्चालन गर्दै आइरहेको सोही बिद्यालयका प्रशिक्षक उत्तम जोशिले जानकारी दिनुभएको छ ।
आज उद्घाटन गरीएको सो कार्यक्रममा सटफुट र केटाको भलिबल भइसकेको छ भने अन्य खेल जारी नै छन । आज बाट सुरु भएको खेलकुद सप्ताह कार्यक्रम यहि पौष १८ गतेसम्म संञ्चालन हुने बिद्यालयका सुचना अधिकारी सेर बहादुर रावलले जानकारी दिनुभएको छ ।

बाजुरा कप फुटवल प्रतियाेगिताकाे उपाधी साईनिङ स्टार काेल्टीलाई
गोविन्द्र राज तिमिल्सेना,बाजुराः सेभेन ए साइड बाजुरा कप फुटवल प्रतियोगिता २०८२ को उपाधी साईनिङ स्टार युथ क्लव कोल्टीले जितेको छ । कपको फाइनल भिडन्तमा

मार्तडीमा बाजुरा कप फुटबल प्रतियोगिता हुदैँ ,प्रथम पुरस्कार एकसठ्ठी हजार
बाजुराः सदरमुकाम मार्तडीमा बाजुरा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका

रनिङ शिल्ड विजेता खेलाडीलाई बडीमालिकाले गर्यो सम्मान
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः बडीमालिका नगरपालिकाले जिल्ला स्तरिय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्ने खेलाडीहरुलाई बधाई सहित सम्मान






.jpeg)



प्रतिकृया दिनुहोस