मार्तडीमा बाजुरा कप फुटबल प्रतियोगिता हुदैँ ,प्रथम पुरस्कार एकसठ्ठी हजार

SITENAME

बाजुराः सदरमुकाम मार्तडीमा  बाजुरा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका साथ यहि असोज २२ गतेदेखि २६ गतेसम्म बाजुरा कप सेभेन ए साइड फुटवल प्रतियोगिता २०८२  सञ्चालन हुने आयोजकले बताएको छ । 

 

नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपावली २०८२ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । गत बर्या पनि मार्तडीमा वडाअध्यक्ष सेभेन ए साइड खुल्ला फुटवल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको लागी सम्पुर्ण खेलाडी टिमहरुले असोज २१ गतेसम्म आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ । टिमदर्ता शुल्क पाँच हजार तोकिएको छ । 

 

प्रतियोगिताबाट विजेता टिमलाई नगद ६१ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यस्तै प्रतियोगिताको उपविजेता द्धितिय हुने टिमलाई नगद ३१ हजार नगदसहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई नगद पाँच हजार, सर्वोकृष्ट गोलकिपरलाई नगद पाँत हजार त्यस्तै सर्वाधिक गाmेकर्तालाई नगद तिन हजार सहित सम्मान गरिने छ । 

 

थप जानकारीको लागी ९८६३४७१४२३,९८६३१००२२१,र ९८५८४८६००७ मा सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।  प्रतियोगिता मालिका नमुना माविको खेलमैदानमा सञ्चालन हुने भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बाजुरा कप फुटवल प्रतियाेगिताकाे उपाधी साईनिङ स्टार काेल्टीलाई

गोविन्द्र राज तिमिल्सेना,बाजुराः सेभेन ए साइड बाजुरा कप फुटवल प्रतियोगिता २०८२ को उपाधी साईनिङ स्टार युथ क्लव कोल्टीले जितेको छ । कपको फाइनल भिडन्तमा

SITENAME

रनिङ शिल्ड विजेता खेलाडीलाई बडीमालिकाले गर्यो सम्मान

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः बडीमालिका नगरपालिकाले जिल्ला स्तरिय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्ने खेलाडीहरुलाई बधाई सहित सम्मान

SITENAME

मालिका माविमा खेलकुद सप्ताह सुरू 

गोबिन्द्र राज तिमिल्सेना, बाजुरा         जिल्लाको बडिमालिका नगरपालिका सदरमुकाम स्थित वडा नं ८ मा रहेको जिल्लाकै नमुना बिद्यालय मालिका माविमा