रनिङ शिल्ड विजेता खेलाडीलाई बडीमालिकाले गर्यो सम्मान

SITENAME

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः बडीमालिका नगरपालिकाले जिल्ला स्तरिय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्ने खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको छ । एक कार्यक्रमका बिच खुलामञ्चमा एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्ने खेलाडीहरुलाई बधाई संगै सम्मान गरेको हो ।


१५ औँ जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका खेलाडीले प्रथम स्थान हाँसिल गरेपछि उक्त अवसरमा मार्तडीमा आज खुसियालीका साथ बधाई ज्ञापन गरिएको हो । नगर भित्रका विभिन्न बिद्यालयका विद्यार्थीहरुको सहभागितामा बिजयी जुलुस सहित मार्तडी बजार परिक्रमा गरी खुलामञ्चमा औपचारिक कार्यक्रम गरेर बधाई ज्ञापन गरिएको बडीमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “१५ औँ जिल्ला स्तरको रनिङ शिल्डमा उपाधी जित्न सफल बडीमालिकाको सम्पुर्ण टिमलाई बधाई संगै सम्मान गरिएको हो ” । गत बर्ष विरासत गुमाएको बडीमालिकाले पुनः विरासत फर्काएकोमा आफु लगायत सिंगो पालिकालाई खुसी मिलेको पाध्यायले बताउनुभयो । १३ पटकको रेकर्डमा बडीमालिकाले ब्रेक खाएको भए पनि पुनः त्यो ब्रेकलाई तोड्न उपाधी जित्न सफल भएकोमा खेलाडी लगायत प्रशिक्षकहरुमा नगर प्रमुख अमर बहादुर खड्काले हार्दिक बधाई संगै धन्यबाद ब्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “ १३ बर्षसम्मको रेकर्ड पहिलो बर्ष ब्रेक भए पनि पुनः नगरपालिकाले उपाधी हात पादा आफुलाई निकै खुशी लागेको छ । विशेषगरि खेलाडी,प्रशिक्षक र व्यवस्थापक बधाईका पात्र भएको नगर प्रमुख खड्काले बताउनु भयो “ ।

 

अगामी बर्षहरुका रनिङ शिल्डमा पनि बडीमालिकाकै जित हुने गरेर अगाडी बढ्ने खड्काले बताए । नगर भित्र राम्रा खेलाडीहरु उत्पादन गर्न,खेलाडीहरुलाई हौसला तथा प्रोत्साहन प्रदान गर्न नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । नगर भित्र राम्रो खेलाडीह्ररु उत्पादन गर्न अझै आबश्यक रहेको बताउँदै खड्काले नगरको खेल क्षेत्रको विकासको लागी पालिकाले कुनै कदम बाँकी नराख्ने समेत बताए । आजको युगमा खेल क्षेत्रको निकै नै आवश्यक रहेको हुँदा बडीमालिकालाई खेल क्षेत्रमा अगाडी बढाउन अझै राम्रा खेलाडी उत्पादन गर्न आवश्यक रहेको कुरामा जोड दिएका हुन् । बडीमालिकाको शान र हौसला जगाईदिने खेलाडी बढी भन्दा बढी मात्रामा उत्पादन गर्न आबश्यक रहेको खड्काले बताए ।

 

सधै उपाधी जित्दै आएको बडीमालिकाले गत बर्ष भने १३ पटकको रेकर्डमा ब्रेक खाएको थियो । १३ बर्षसम्म बडिमालिका नगरपालिकाले कब्जा जमाएर विजयी शिल्ड उचाल्दै आएकोमा गत बर्षको १४ औँ रनिङ शिल्ड भने बुढीनन्दा नगरपालिकाले जीतेको थियो । गत बर्ष १८ स्वर्ण र २१ काँस्य पदकसहित बुढीनन्दाले जित हात पारेको थियो भने १८ स्वर्ण, १४ रजत र ६ काँस्यसहित बडीमालिकाले द्धितिय स्थानमा चित्त बुझाउनु परेको थियो । गत बर्षको रेकर्डलाई तोड्दै पुनः नगरपालिकाले शिल्ड जितेको हो । १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिकाले उपाधी जित्न सफल भएको हो भने गत बर्ष उपाधी जितेको बुढीनन्दाले १८ स्वर्ण, ७ रजत र १० काँस्य प्राप्त गरेर द्धितियमै चित्त बुझाउनु परेको हो ।

 

बुढीगंगा नगरपालिकामा रहेको भानोदय माध्यामिक बिद्यालयको खेलमैदानमा फागुन १२ गते देखि संचालन गरिएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बडीमालिकाले अन्य ८ पालिकालाई पराजित गर्दै शिल्डको उपाधि जितेको हो । १८ स्वर्ण, १५ रजत र १३ काँस्य प्राप्त गरेर प्रथम स्थानहासिल गर्ने बडीमालिकालाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।शिल्डको उपाधी जितेको बडीमालिकाले आज एक कार्यक्रमका बिच शिल्डको उपाधी जित्ने बिद्यार्थी,प्रशिक्षक लगायत ब्यबस्थापक टिमलाई बधाई संगै सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

 

शिल्डको उपाधी जितको बडीमालिकाले बुधबार मार्तडीमा बृहत र्याली प्रदर्शन गर्दै बजार परिक्रमा गरिएको थियो । खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख अमर बहादुर खड्का,उपप्रमुख नन्दा कुमारी थापा, विभिन्न वडाका वडाअध्यक्ष,बिद्यालयका शिक्षक,बिद्यार्थी,नगर स्तरिय खेलकुद विकास समिति संयोजक राजेश पायल विक,बडीमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक,लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

बाजुरा कप फुटवल प्रतियाेगिताकाे उपाधी साईनिङ स्टार काेल्टीलाई

गोविन्द्र राज तिमिल्सेना,बाजुराः सेभेन ए साइड बाजुरा कप फुटवल प्रतियोगिता २०८२ को उपाधी साईनिङ स्टार युथ क्लव कोल्टीले जितेको छ । कपको फाइनल भिडन्तमा

SITENAME

मार्तडीमा बाजुरा कप फुटबल प्रतियोगिता हुदैँ ,प्रथम पुरस्कार एकसठ्ठी हजार

बाजुराः सदरमुकाम मार्तडीमा  बाजुरा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका

SITENAME

मालिका माविमा खेलकुद सप्ताह सुरू 

गोबिन्द्र राज तिमिल्सेना, बाजुरा         जिल्लाको बडिमालिका नगरपालिका सदरमुकाम स्थित वडा नं ८ मा रहेको जिल्लाकै नमुना बिद्यालय मालिका माविमा