नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको सचिवमा रोकाया सर्वसम्मत चयन

SITENAME

 

 प्रेस युनियन जिल्ला शाखा बाजुराका सदस्य राजेन्द्र रोकाया नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको सचिवमा सर्वसम्मत चयन भएका छन् । २७ गतेबाट धनगढीमा सुरु भएको प्रथम अधिवेशनबाट रोकाया सर्वसम्मत चयन भएका हुन । हाल जिल्लामा संचालित रेडियो पौरखी र खप्तड मालिका न्युजमा कार्यरत रोकाया बिगत लामो समय देखि पत्रकारिता पेशामा आवद्ध थिए । २७ गतेबाट सुरु भएको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ कार्य समिती चयन गरेको हो । रोकायाले रेडियो पौरखीमै कार्यरत रही समाचार प्रमुख हुँदै सहायक स्टेशन म्यानेजर भएर काम गरिसकेका छन् ।

 

यस्तै जिल्लामै संचालित खप्तड मालिका न्युजमा सह(सम्पादक हुँदै व्यवस्थापक भएर काम गरिसकेका छन् । रोकाया नेपाल टेलिभिजनका बानुरा सम्बाददाता समेत रहेका छन् ।  यो संगै यौनिक अल्पसंख्यक अपाङ्ग सदस्यमा बाजुराकै धन बहादुर बोहरा चयन भएका छन् । रेडियो बुढिनन्दा, रेडियो शिम्वुनाथमा काम गरेका बोहरा हाल रेडियो पौरखीमा प्राबिधिक प्रमुखका रुपमा कार्यरत छन् । बोहरा प्राइम टेलिभिजनका बानजुरा सम्बाददाता समत हुन् । यतिमात्र होइन  नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सदस्य हुन् । यस्तै नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वार निर्विरोध निर्वाचित भएका छन् । स्वारको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको छ ।

 

यस्तै उपाध्यक्ष ९खुल्ला० मा टेकेन्द्र देउवा, महिलामा गीता कुँवर र समावेशीमा जगत खडका सर्वसम्मत चयन भएका हुन । प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिलामा बन्दना बम र समावेशीमा भिमबहादुर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा वीर बहादुर गडाल चयन भएका छन् ।

यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशव दत्त भट्ट, चन्द्रबहादुर खनाल, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी, डालीकुमारी पाण्डेय, दलित सदस्यमा लक्ष्मण विक, आदिवासी र जनजातीमा विनीता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसङ्ख्यकमा धनबहादुर बोहरा र पदम भाट गाउँले चयन भएका छन् । यस्तै कृत बहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन् । लेखा समिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन् ।

खप्तड मालिका न्युज बाट साभार 

प्रतिकृया दिनुहोस

स्वर्गतुल्य बडीमालिका : जहाँ साैन्दर्यताले मन छुन्छ,धार्मिक आस्थाले आत्मा

गोविन्द्र राज तिमिल्सेना,बाजुरा: हिमालकाे काखमा फैलिएकाे हरियाली दृश्य।खुला आकाश,बादलमाथीकाे नयाँ संसार।चिसाे हावा र आँखै अगाडी देखिने विशाल

SITENAME

बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

गोविन्द्र राज तिमिल्सेना,बाजुराः बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ।बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा

SITENAME

बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

गोविन्द्र राज तिमिल्सेना,बाजुराः हिमालले ओढेको सुन्दर हरियाली माथी यात्रा गर्नु एउटा अद्भुत र यादगार अनुभव समेत हो।जहाँ,हिमाल,रुख फाँट र बाटोहरू