बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

SITENAME

गोविन्द्र राज तिमिल्सेना,बाजुराः बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ।बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन्।रोपाईँ हुने यहाँका ९ वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ।

 

पुरुषहरु (हलि बाउस्या) जमिन जोत्दै,गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन्।अर्कातिर महिलाहरु (राेप्न्यारी) बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन्।न भोक,न निद्रा,असारे कामको चटारो किसानको लागी परम्परा र संस्कृति बनेको छ।

 

असारे रोपाईँ केवल कृषि कार्य मात्रै नभई,बाजुराको संस्कृति र जीवनशैलीसंग गाँसिएको परम्परा समेत हो।खेतमा काम गर्ने क्रममास् गाईने असारे गीत,रमाइला भाका र सामुहिक सहभागीताले रोपाईँलाई उत्सवमय बनाउने गर्दछ।हिलोमा रमाउँदै काम गर्ने किसानहरुको अनुहारमा देखिने उत्साहले श्रमलाई पनि आनन्दमय बनाएको हुन्छ।

 

यहाँका किसानहरुलाई रोपाईँको चटारोले राम्रोसँग बस्न,सुत्न र खान समेत फुर्सद छैन्।हली,बाउस्या र रोपन्यारीको सामुहिक सहभागीताले खेतबारी निकै चाखलाग्दा देखिने गरेका छन्। साथमा रोप्न्यारीले धान रोप्दै गर्दा गाईने गितका भाकाले झनै रोपाईँ क्षेत्रको वातावरण आनन्दितमय हुन्छ।साथै भिना,साली,देवर,भाउजू बिच खेतमै हिलो छ्याप्दै रमाइलो हुने गर्छ।

 

बाजुराको बडीमालिका नगरपालिका वडा.नम्बर ७ की स्थानीय कृषक जुना पाध्यायले रोपाईँ परम्परागत संस्कृति भएकोले हरेक बर्ष उत्साहका साथ रोपाईँ हुने गरेको बताईन्।उनले भनिन् ,‘असारको महिना फुर्सद हुदैन्।एकातिर खेतमा रोपाईँका संगै कोदो सार्ने कामको चटारो हुन्छ।महिनाभरी खेत जोत्न,रोप्न,कोदो सार्ने काममा व्यस्त हुन्छौ।’

 

किसानी मान्छेको लागी असारको महिना मेहेनत नगरे पछि खानमा समेत समस्या हुने गरेको उनको भनाई छ।रोपाईँ परम्परा र संस्कृति भएकोले यसबेला हिलोमैलो,भोक,घाम,पानी कसैको प्रभाव नहुने स्थानीयको भनाई छ।रोपाईँ स्थानीयको रहर नभई बाध्यता समेत हो।यहाँका कृषकको मुख्य पेशा नै कृषि भएकोले यो पेशा अनिवार्य मानिन्छ।

 

खेतमा कामसंगै रमाइलो गर्ने परम्परागत शैली अझै जीवित छ।पुरुषको काम जोत्ने र खन्ने हुन्छ भने,महिलाको काम बिउ उखेल्ने,र रोप्ने हुन्छ।गाउँघरमा रोपाईँलाई श्रमको रुपमा मात्र नभई यसलाई उत्सवको रुपमा समेत लिईने गरेको स्थानीय कृषक मोती पाध्याको भनाई छ।‘यो हाम्रो परम्परा,संस्कृति र संस्कार हो।यसलाई हामी जीवन्त बनाई राख्छौ।’

 

अहिले यहाँका गाउँघर भन्दा पनि खेतबारीमा चहलपहल बढि छ।खेतमा ‘हाहा-होहो’ गर्दै गोरु जोतेको र रोप्न्यारीले रोप्दै भाका हालेर गित गाएको गुञ्जायमान आवाज जताततै सुन्न सकिन्छ। एकता र सहकार्य मजबुत बनाउन,परम्परा र संस्कृतिको संरक्षण गर्न तथा श्रमलाई सहज बनाउन खेतमा असारे भाका गाईन्छ।जसले हरेक रोपाईँलाई अविस्मरणीय र यादगार बनाउने गर्छ।

 

राेपाईँ: परम्परा र श्रमकाे उत्सव:

 

रोपाईँ केवल कृषि उत्पादन मात्र नभई,यो परम्परा र श्रमको उत्सव समेत हो।यसलाई पहाडी क्षेत्रमा परम्परा र श्रमको उत्सवका रुपमा बढि लिईन्छ। धान खेतीको मुख्य चरण, बिउबेडमा उमारिएको बीउ धान को बेर्नालाई उपयुक्त समयमा हिलोयुक्त खेतमा सराई गर्नु नै रोपाईँ हो।

 

देशभर प्रायः जेठको अन्तिम सातादेखि मनसुन सक्रिय भएसँगै रोपाईँको सुरुवाती हुने गर्छ।देशभर अधिकांश स्थानमा धान खेती गर्ने गरिन्छ।मानिसको मुख्य आधारको कृषि पेशा नै धान खेती हो।रोपाईँले कृषि उत्पादनको बढवा गर्न सहजता प्रदान गर्दछ।गाउँघरतिर स्थानीयहरुले एक अर्कामा पणिमु निकालेर रोपाईँ गर्ने गर्छन्।

 

ग्रामिण क्षेत्रमा रोपाईँ केवल खेतीपातीको काम मात्र नभई सामाजिक सद्भाव,सहकार्य र सांस्कृतिक परम्परासँग पनि जोडिएको हुन्छ। रोपाईँका बेला असारे भाका गाउने,हिलो खेल्ने तथा सामुहिक भोज गर्ने चलन रहिआएको छ।मौलिक परम्परा,माटोको सुगन्ध,आपसी सम्बन्ध र कृषि कार्यलाई रोपाईँले नयाँ जीवन प्रदान गर्छ। लाग्छ,‘रोपाईँ हाम्रो अभिन्न अंग हो।हाम्रो हाँसो र माटोको सुगन्ध हो।’

 

परम्परा र श्रमलाई जीवन्त बनाई राख्न रोपाईँले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ।बीउलाई मात्र केवल जमिनमा रोप्नु होईन्,आफ्नो पहिचान र मेहेनतको फल समेत फलाउनु हो।रोपाईँले ग्रामिण भेगको बस्तुस्थिति,यहाँको यथार्थ जीवनशैली,महिला र पुरुषको श्रम र कृषि कार्यलाई चित्रण गरेको पाईन्छ।

प्रतिकृया दिनुहोस

स्वर्गतुल्य बडीमालिका : जहाँ साैन्दर्यताले मन छुन्छ,धार्मिक आस्थाले आत्मा

गोविन्द्र राज तिमिल्सेना,बाजुरा: हिमालकाे काखमा फैलिएकाे हरियाली दृश्य।खुला आकाश,बादलमाथीकाे नयाँ संसार।चिसाे हावा र आँखै अगाडी देखिने विशाल

SITENAME

बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

गोविन्द्र राज तिमिल्सेना,बाजुराः हिमालले ओढेको सुन्दर हरियाली माथी यात्रा गर्नु एउटा अद्भुत र यादगार अनुभव समेत हो।जहाँ,हिमाल,रुख फाँट र बाटोहरू

SITENAME

बाजुराको रानिसैन घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग,तत्काल कारबाही नभए शसक्त आन्दोलन गर्ने चेतावनी

बाजुरा,जेठ २१ : बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानिसैन क्षेत्रमा भएको कुटपिट, लुटपाट तथा भौतिक क्षतिको घटनामा संलग्न दोषीलाई कानुनी दायरामा