बाजुराको रानिसैन घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग,तत्काल कारबाही नभए शसक्त आन्दोलन गर्ने चेतावनी
बाजुरा,जेठ २१ : बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानिसैन क्षेत्रमा भएको कुटपिट, लुटपाट तथा भौतिक क्षतिको घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै रानिसैन पीडित संघर्ष समितिले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ।
संघर्ष समितिका अध्यक्ष विनोद बुढाले हस्ताक्षर रहेको ज्ञापनपत्रमा २०८३ जेठ ४ गते हिमाली गाउँपालिका–३ लाम्पाटामा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ का केही व्यक्तिहरूले स्थानीय बासिन्दामाथि आक्रमण गरी चार जनालाई गम्भीर घाइते बनाएको उल्लेख गरिएको छ।
आक्रमणकारी समूहले विभिन्न संरचनामा तोडफोड गर्नुका साथै घर, गोठ तथा निर्माणाधीन प्रहरी चौकी भवनका सामग्रीमा समेत क्षति पुर्याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । घटनापछि लामो समय बितिसक्दा पनि दोषीहरूलाई कानुनी कारबाहीको दायरामा नल्याइएको भन्दै पीडित पक्षले असन्तुष्टि जनाएको छ।
संघर्ष समितिले यसअघि विभिन्न राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरा तथा अन्य सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदा पनि ठोस उपलब्धि हासिल नभएको अध्यक्ष बुढाले बताउनुभयो। उहाँका अनुसार दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरिएको बताउनुभयो । दोषीमाथि कारबाही नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी समेत दिइएको छ। साथै आन्दोलनका क्रममा कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रशासन र सरकार पक्षले लिनुपर्ने उल्लेख समेत गरिएको छ।
उक्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय बाजुरा र हुम्ला तथा दुवै जिल्लाका प्रहरी कार्यालयमा समेत बोधार्थ पठाइएको जानकारी दिएको छ।
स्वर्गतुल्य बडीमालिका : जहाँ साैन्दर्यताले मन छुन्छ,धार्मिक आस्थाले आत्मा
गोविन्द्र राज तिमिल्सेना,बाजुरा: हिमालकाे काखमा फैलिएकाे हरियाली दृश्य।खुला आकाश,बादलमाथीकाे नयाँ संसार।चिसाे हावा र आँखै अगाडी देखिने विशाल

बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
गोविन्द्र राज तिमिल्सेना,बाजुराः बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ।बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा

बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
गोविन्द्र राज तिमिल्सेना,बाजुराः हिमालले ओढेको सुन्दर हरियाली माथी यात्रा गर्नु एउटा अद्भुत र यादगार अनुभव समेत हो।जहाँ,हिमाल,रुख फाँट र बाटोहरू






.jpeg)



प्रतिकृया दिनुहोस