त्रिवेणी नगरपालिका पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषाणा

SITENAME

रेडियो पौरखी/बाजुरा,२५ बैशाख : त्रिवेणी नगरपालिका बाजुराकै पहिलो पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा भएको  छ । पालिकाका ९ वटै वडामा समयमै सबै बालबालिकालाई सबै किसिमको खोप लगाइसकपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

 

त्रिवेणी नगरपालिकाको स्वास्थ शाखाका अनुसार हरेक स्थानीय तहले हरेक बर्ष आवश्यक मापदण्ड पूरा गरि पूर्ण खोप तथा दिगोपना घोषणा गरिन्छ सोहि अनुसार त्रिवेणी नगरपालिकाका ९ वटै वडाहरू पूर्ण खोप सुनिश्चितता घोषणा गरि बाजुराकै पहिलो नगरका रूपमा त्रिवेणी नगरपालिकालाई पूर्ण खोप तथा सुनिश्चितता दिगोपना घोषणा गरेको हो । 

 

त्रिवेणी नगरपालिकाका केही वडाका १र२ जना बालबालिका बाहेक सबै बालबालिकाले सबै किसिमका खोपहरू लगाइसकेको त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरिन्जिवी शाहले जानकारी गराउनुभयो र आगामी दिनमा छुटेका, बालबालिकालाई पनि पूर्ण खोपको पहुँचमा ल्याउन त्रिवेणी नगरपालिकाको स्वास्थ्य क्षेत्र लागिपर्ने बताउनुभएको छ ।  पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषण कार्यक्रम त्रिवेणी नगरप्रमुख,उपप्रमुख,प्रवक्ता, कार्यपालिका सदस्यहरू वडाध्यक्षहरू, स्वास्थ कार्यालय बाजुराका प्रमुख, तथ्यांक अधिकृत, पालिकामा कार्यरत स्वास्थ्यकर्मी लगायत सराकारवालाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

महिनाै बित्याे अस्पताल बाजुरामा ओआरएस पुगेन्,बिरामीलाई सास्ती

बाजुरा:  जिल्ला अस्पताल बाजुरामा महिनाैँ देखि जिवनजलकाे अभाव रहेकाे छ । असाेज पहिलो साताबाट सकिएकाे जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न

SITENAME

खुकुरी प्रहारबाट गम्भिर घाइते शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल

बाजुराः खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बाजुराका मनोज शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । बाजुराको त्रिबेणी नगरपालिका ३ भएका शाउँदको

SITENAME

आभा परियोजना बाजुराका चार पालिकामा लागु 

बाजुरा,२२ बैशाख : प्लान इन्टरनेश्लन नेपाल र पीसविन नेपालको सहाकार्यमा सञ्चालन हुन गइरहेको किशोरीहरुको अधिकार र उत्थनशिलता आभा परियोजनाको जिल्ला