खुकुरी प्रहारबाट गम्भिर घाइते शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल

SITENAME

बाजुराः खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बाजुराका मनोज शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । बाजुराको त्रिबेणी नगरपालिका ३ भएका शाउँदको उपचारको लागी आर्थिक सहयोगको अपिल गरिएको हो ।  गम्भिर घाईते शाउँद र उनको घर परिवारको अवस्था निकै कमजोर भएकोले उपचारमा सहयोग गर्न सम्पुर्णमा आग्रह गरिएको हो । 

 

असोज १५ गते राती त्रिवेणी नगरपालिका २ स्थित छतारास्थित चाल्नेगडा दशैँ मेलामा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका थिए।सोही झडपमा खुकुरी प्रहारबाट गम्भिर घाइते १८ वर्षीय साउँदको घाँटी, निधार र दाँहिने हातमा गम्भिर चोट लागेको थियो । घाइते शाउँदको अहिले टिचिङ अस्पतालमा उपचार भईरहेको छ । 

 

झडपमा परेका अन्य दुई जना २२ वर्षीय दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको थियो भने १६ वर्षीय तपेश साउँदको दाँहिने हातको नाडीमा सामान्य चोट लागेको थियो ।उनीहरुको आवस्था सामान्य भए पनि यता शाउँको अवस्था भने गम्भिर रहेको छ । उपचारमा आर्थिक सहयोगको समस्या हुँदा यतिवेला उनको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको हो । 

 

मानव सेवा नै धर्म भएकाले सहयोगी तथा मनकारी भावना भएका व्यक्तिहरुले शाउँदको उपचारमा सक्दो सहयोग गर्न आग्रह गरिएको छ । घटनामा संलग्न दोषीलाई तत्काल कार्वाही गरी कडा भन्दा कडा सजाय दिन उनीहरुका आफन्तजनहरुले आगैह गरेका छन् ।यता प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिहरुलाई प्रकाउ समेत गरिसकेको र थप आवश्यक अनुसन्धान भईरहेको जनाएको छ  । 


 

प्रतिकृया दिनुहोस
SITENAME

महिनाै बित्याे अस्पताल बाजुरामा ओआरएस पुगेन्,बिरामीलाई सास्ती

बाजुरा:  जिल्ला अस्पताल बाजुरामा महिनाैँ देखि जिवनजलकाे अभाव रहेकाे छ । असाेज पहिलो साताबाट सकिएकाे जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न

SITENAME

आभा परियोजना बाजुराका चार पालिकामा लागु 

बाजुरा,२२ बैशाख : प्लान इन्टरनेश्लन नेपाल र पीसविन नेपालको सहाकार्यमा सञ्चालन हुन गइरहेको किशोरीहरुको अधिकार र उत्थनशिलता आभा परियोजनाको जिल्ला

SITENAME

त्रिवेणी नगरपालिका पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषाणा

रेडियो पौरखी/बाजुरा,२५ बैशाख : त्रिवेणी नगरपालिका बाजुराकै पहिलो पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा भएको  छ । पालिकाका ९ वटै वडामा समयमै सबै