आभा परियोजना बाजुराका चार पालिकामा लागु 

SITENAME

बाजुरा,२२ बैशाख : प्लान इन्टरनेश्लन नेपाल र पीसविन नेपालको सहाकार्यमा सञ्चालन हुन गइरहेको किशोरीहरुको अधिकार र उत्थनशिलता आभा परियोजनाको जिल्ला स्तरीय परियोजना परिचय र समन्वय कार्यशाला सम्पन्न भएको छ । बडीमालिका, बुढिगंगा र त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकामा  सञ्चालन हुने यो परियोजनाले शिक्षा,उद्यम विकास, यौन तथा प्रजनन् स्वास्थ्य र युवा सशक्तिकरणको क्षेत्रमा काम गर्ने परियोजना संयोजक पदम कठायतले बताउनुभयो ।

 

चारवटै पालिकाका माद्ययमिक विद्यालय लक्षित भएर कार्यान्वयन गरिने परियोजना मार्फत विद्यालय बाहिर रहेका १५ बर्ष मुनिका बालबालिकाहरुलाई विद्यालय भित्र ल्याउनका लागी विषेश पहल गरिने बताइएको छ । पाँच बर्ष सम्म लागु हुने यो परियोजनाका लागि २० करोड बढि बजेट ब्यबस्थापन गरिएको पलान कईन्टरनेशनल नेपालका क्षेत्रिय कार्यक्रम ब्यबस्थापक मीना पराजुलीले बताउनुभयो । ब्यबस्थापक पराजुलीका अनुसार उक्त परियोजनाले बालअधिकारको कार्यन्वयन,निर्णयक तहमा महिला नेतृत्व र युवा शसक्तिकरण समनता र न्यायपुर्ण जवाफदेही,उत्तरदायी समाज विकासका लागी टेवा पुग्ने बताउनुभयो ।

 

त्यस्तै उक्त परियाजनाले युवाहरुलाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउने पनि यस कार्यक्रमको उद्देश्य रहेको बताईएको छ । परियोजना परिचय र समन्वय कार्यशाला गोष्ठिमा जिल्ला समन्वय समिती बाजुराका प्रमुख तुलसीराम रोकाया,  चारवटै पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, चारवटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न सरकारी कार्यालयका प्रमुख, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था प्रमुख एवं प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहको थियो  ।

 

प्लान ईन्टरनेशनल नेपालका क्षेत्रय कार्यक्रम ब्यबस्थापक मीना पराजुलीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिती जिल्ला समन्वय समिती बाजुराका प्रमुख तुलसीराम रोकाया रहनुभएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ट अथिती बडीमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्का,बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ,त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा,गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया र प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या रहनुभएको थियो । पीसविन नेपाल बाजुराका अध्यक्ष बिमला थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

महिनाै बित्याे अस्पताल बाजुरामा ओआरएस पुगेन्,बिरामीलाई सास्ती

बाजुरा:  जिल्ला अस्पताल बाजुरामा महिनाैँ देखि जिवनजलकाे अभाव रहेकाे छ । असाेज पहिलो साताबाट सकिएकाे जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न

SITENAME

खुकुरी प्रहारबाट गम्भिर घाइते शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल

बाजुराः खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बाजुराका मनोज शाउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । बाजुराको त्रिबेणी नगरपालिका ३ भएका शाउँदको

SITENAME

त्रिवेणी नगरपालिका पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषाणा

रेडियो पौरखी/बाजुरा,२५ बैशाख : त्रिवेणी नगरपालिका बाजुराकै पहिलो पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा भएको  छ । पालिकाका ९ वटै वडामा समयमै सबै